बस दुर्घटनाः मृत्तक ५ जनाको परिचय खुल्यो, घाईतेहरुको नामावलीसहित

बागलुङ, ३ माघ
म्याग्दीको बेनीबाट नारायणघाटको लागि छुटेको बस पर्वतको कुश्मा नगरपालिका–१ मालढुंगामा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छभने ३३ जना घाईते भएका छन् ।
ग १ ख ६१०८ नम्बरको बस दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै र ४ जनाको उपचारको क्रममा धौलागिरी अञ्चल अस्पतालमा मृत्यु भएको हो ।
घटनास्थलमै मृत्यु हुनेमा म्याग्दी पाखापानीका २१ वर्षिय राजेश पुन, जलजलाकी अमिसरा पुन रहेका छन्भने अन्य १ जना पुरुषको परिचय खुलेको छैन । यस्तै धौलागिरी अञ्चल अस्पतालमा उपचारको क्रममा पर्वतको जलजला गाउँपालिका–८ की सेती परियार र टिका परियार, बागलुङ नगरपालिका ४ की ४८ वर्षिय शान्ति केसी रहेका छन्भने अन्य १ जनाको परिचय नखुलेको जिल्ला प्रहरी कार्याल्य बागलुङले जनाएको छ ।
घाईतेहरुमा कालिकोट जिल्ला महावल गापा ४ का ५२ बर्षिय राज बहादुर सिह, पर्वत जिल्ला जलजला गाउँपालिका–८ का ३ वर्षिय को बिक्रम रेग्मी, ३१ वर्षिय कमला रेग्मी, कुशल रेग्मी, कास्की जिल्ला पोखरा–३३ की ४० वर्षिय लक्ष्मी बोहरा, ११ वर्षिय दिपिका बोहरा, म्याग्दी जिल्ला बेनी नपा ८ का ६३ वर्षिय लक्ष्मी प्रसाद बिक, कास्की अन्नपुर्ण गापा ४ का २८ वर्षिय चन्द्रा आचार्य, ३ वर्षिय शंकर पौडेल । चितवन जिल्ला मुहानका ९ वर्षिय प्रवेशिका पौडेल र उनका भाई ७ वर्षिय प्रमाण पौडेल, पर्वत जलजला गापा–७ का ३९ वर्षिय बिसमाया पुन, म्याग्दी बेनपा ७ बस्ने बर्ष ६७ को टेकनाथ पौडेल , पर्वत कुश्मा नपा ९ बस्ने बर्ष ३५ को रमेश पराजुली, पर्वत जलजला ७ बस्ने बर्ष ५२ को उद्बिर तिलिजा, चितवन लङपुर बस्ने बर्ष ४५ को रोहीडी प्रसाद चापागाई, म्याग्दी बेनी नपा ७ बस्ने बर्ष ६८ को टेक बहादुर पुन, बर्ष ६३ कि मन्दिरा पौडेल, वर्ष ५६ की हेमकला रेग्मी, बर्ष ६३ कि सुन्दरी पौडेल, पर्वत जलजला ७ बस्ने बर्ष २२ को कमल पौडेल, बर्ष नखूलेको बालकृष्ण पौडेल, चितवन भरतपुर महानगरपालिका–४ बस्ने बर्ष ५६ कि पुर्णकला बस्नेत, पर्वत बस्ने बर्ष ४१ को राजन सापकोटा, धादिङका बर्ष ५५ को मान बहुर गुरूङ, पर्वत जलजला ८ बस्ने बर्ष २७ को देवीलाल नेपाली, बर्ष २७ को दिपक परियार, बर्ष ४२ को कृष्ण पौडेल, जलजला–५ बस्ने बर्ष ३५ कि तुलसी सुवेदी, बागलुङ जैमिनी नपा ४ बस्ने बर्ष १६ को अमिर क्षेत्री, चितवनकी लक्ष्मी पौडेल, जलजला–८ की विन्दीया रोका र बन्दन पौडेल रहेका छन् ।
धौलागरी अञ्चल अस्पताल बागलुङमा अतिआवश्यक उपचारपछि थप उपचारको लागि ४ जना घाईतेहरुलाई हेलिकप्टर मार्फत काठमाडौं र अन्यलाई एम्बुलेन्स मार्फत पोखरा रिफर गरिएको धौलागिरी अञ्चल अस्पतालका जनस्वास्थ्य निरिक्षक रामप्रसाद खनालले जानकारी दिनुभयो ।
गम्भीर घाईतेहरुलाई धौलागिरी अञ्चल अस्पतालमा अतिआवश्यक उपचारपछि थपउपचारको लागि हेलिकप्टर चार्टर गरेर ३ जनालाई काठमाडौं रिफर गरिएकोछभने अन्यलाई एम्बुलेन्स मार्फत पोखरा पठाईएको छ ।
दुर्घटनाको कारण पत्ता नलागे पनि बागलुङ–पोखरा सडक खण्ड मर्मतको लागि ६ घण्टासम्म अवरुद्ध हुने भएकाले गाडीको गति तिब्र भएको र यात्रुहरु क्षमताभन्दा बढि भएकाले दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ ।