
बागलुङ, ३ माघ
म्याग्दीको बेनीबाट नारायणघाटको लागि हिडेको बस पर्वत नगरपालिका–१ मालढुंगामा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।
ग १ ख ६१०८ नम्बरको बस दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै र ४ जनाको उपचारको क्रममा धौलागिरी अञ्चल अस्पतालमा मृत्यु भएको छभने ३६ जना घाईते भएका छन् ।
घटनास्थलमै मृत्यु हुनेमा राजेश पुन र विसमाया पुन रहेका छनेभने १ जना पुरुषको परिचय खुलेको छैन यस्तै अञ्चल अस्पतालमा उपचारको क्रममा मृत्यु हुनेहरुमा जलजला गाउँपालिका–८ का ४० वर्षिय सेति परियार, ५० वर्षिय टंक परियार र बागलुङ नगरपालिका–४ की ४८ वर्षिय शान्ति केसी रहेका छनेभने १ जनाको परिचय खुलेको छैन । गम्भीर घाईतेहरुलाई धौलागिरी अञ्चल अस्पतालमा सामान्य उपचारपछि एम्बुलेन्स र हेलिकप्टर चार्टर गरेर उपचारको लागि पोखरा पठाईएको छ ।

बागलुङ–पोखरा सडक खण्ड ६ घण्टासम्म अवरुद्ध हुने भएकाले गाडीको गति तिब्र भएको र यात्रुहरु क्षमताभन्दा बढि भएकाले दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ ।
दुर्घटनामा म्याग्दी, पर्वत, पोखरा, नारायणघाट र कर्णलीको कालीकोटका यात्रुहरु परेका छन् ।
घटनाको थप विवरण आएको छैन ।










