
बागलुङ, २ माघ ।
भलिबल खेलका अन्तराष्ट्रिय रेफ्रि कुल बहादुर राना मंगलबार बागलुङमा सम्मानित भएका छन् ।
बागलुङमा जन्मेर जिल्लाकै पहिलो अन्तराष्ट्रिय रेफ्रि भएको भन्दै सहारा क्लब कुश्मीसेराको आयोजनामा संचालन भएको प्रथम जैमिनी महोत्सवमा रानालाई सम्मानित गरिएको हो ।
बागलुङको ढोरपाटन नगरपालिका वडा नम्बर ४ खुंगाका राना २०५७ सालदेखिदेखि २०५९ सालसम्म जिल्लाको टिमबाट खेलेका थिएभने । २०५९ सालमा पश्चिमाञ्चलको क्षेत्रिय टिमबाट भलिबलमा सहभागिता जनाएका थिए ।
निरन्तर भलिबल क्षेत्रमै सक्रिय रहेका राना नेपालका ३ जना अन्तराष्ट्रिय रेफ्रि मध्ये एक हुन । रानाले भलिबल खेलको क्षेत्रबाट देश विदेशमा जिल्लालाई चिनाउन सफल भएको भन्दै सहारा क्लबले प्रथम जैमिनी महोत्सवको मुल सामारोहको दिन उपराष्ट्रिपति नन्दबहादुर पुनबाट सम्मानित गरको थियो ।










