जनताको सहभागितामा समृद्ध नेपालः उपराष्ट्रपति पुन

सुवास गौतम
बागलुङ, १ माघ रासस ।
उपराष्ट्रपति नन्द बहादुर पुनले जनताको सहभागितामा मात्र समृद्ध नेपाल निर्माण सम्भव हुने बताउनुभएको छ ।
बागलुङ जिल्लाको जैमिनी नगरपालिका–१ कुस्मिशेरामा सहारा क्लवले आयोजना गरेको प्रथम जैमिनी महोत्सवको मुख्य समारोहलाई सम्बोधन गर्दै उपराष्ट्रपती पुनले विकास र समृद्ध अहिलेको राष्ट्रिय एजेण्डा भएको बताउदै जनताको प्रत्यक्ष सहभागितामा मात्र सम्भव हुने बताउनुभएको हो ।
उहाँले कालिगण्डकी करिडोर र लोकमार्गले बागलुङ जिल्लाको विकासमा ठूलो टेवा पु¥याउने भन्दै सडकको स्तर उन्नतीका लागि आफुले पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ । ‘समृद्ध जैमिनी निर्माणका लागि कृषिमा आधुनिकरण गरी उत्पादनमा वृद्धि गर्न आवश्यक छ,’ पुनले भन्नुभयो ‘बागलुङको पर्यटन विकासमा हामिसबैको देन आवश्यक छ ।’
पुनले जिल्लामा रहेका पर्यटकीय स्थलहरुको यस्ता खाले मेला, महोत्सवले प्रबद्र्धन गर्ने बताउनुभएको थियो । माघे संक्रान्तिको अवसरमा जिल्लाको कला संकृतिको संरक्षण, खेलकुदको विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले सहारा क्लव कस्मीशेराले पुस २७ गते देखि सञ्चालनमा गरिएको महोत्सव माघ ४ गते चल्ने महोत्सव आयोजकले बताएको छ । महोत्सवमा प्रथम मेयर कप भलिवल प्रतियोगिता, प्रदेश स्तरीय लोक दोहोरी गित प्रतियोगिता, शैक्षिक प्रदर्शनी, कृषि प्रदर्शनी, दोस्रो जैमिनी डान्स आईडल प्रतियोगिता, भजन प्रतियोगिता लगायतका कार्यक्रम आयोजना गरीएको छ ।
‘कला संकृति तथा खेलकुदको सम्र्वद्धन, कृषि व्यापार, उद्योग तथा पर्यटनको प्रवद्र्धन’ भन्ने मुल नाराका साथ सुरु भएको महोत्सवमा ७० भन्दा धेरै व्यपारिक तथा स्थानीय स्टलहरु रहेको क्लवका अध्यक्ष शुरेस सुनारले बताउनुभयो ।