लागुऔषध प्रयोगकर्ताको अखडा बन्दै शान्ति समिति बागलुङको भवन

बागलुङ, ३० पुस
स्थानीय शान्ति समिति भंग भए पछि अलपत्र अवस्थामा रहेको स्थानीय शान्ति समिति बागलुङको भवन लागु औषध प्रयोगकर्ताको अखडाको रुपमा विकास भएको छ ।


भवनको उचित व्यवस्थापन र रेखदेखको अभावमा शान्ति समितिको भवन लागु औषध प्रयोग गर्ने युवाहरुको लागि सुरक्षित स्थानको रुपमा विकास हुँदै गएको हो । जिल्ला प्रहरी कार्यालय बागलुङदेखि करिव दुई समय मिटरको दुरीमा रहेको उक्त भवनमा बिहान र साँझको समयमा युवाहरुको बाक्लो उपस्थिती रहने स्थानीयले बताएका छन् ।
स्थानीय एक महिलाका अनुसार भवन भित्र र बाहिर सुई, लागु औषधका सिसा बग्रेल्ती भेट्न सकिन्छ । भवन भित्रको किताब राख्ने ¥याक रगतले भरिएका सुई, ससाना सिसी, चुरोटहरु भेटाउन सकिन्छ ।


उनीहरुले लागु औषध प्रयोग गरेर सकिएका सिसीहरु भवनको पूर्वपट्टिको झ्यालबाट बाहिर फालिएको छ । स्थानीय महिलाका अनुसार भवनको भित्रि भित्तामा रगतका छिट्काहरु पनि देख्न सकिन्छ । भवनको रेखदेखमा प्रशासनले उचित ध्यान पु¥याउन नसक्दा दुव्र्यसनीहरुको लागि लागुऔषध प्रयोग गर्ने उपयुक्त ठाउँको रुपमा विकास भएको स्थानीयको बुझाई छ ।


‘विहान बेलुकी केही कामले भित्र बाहिर गर्न समेत डर लाग्छ स्थानीय महिलले भन्नुभयो– केटाकेटीहरु डर लाग्ने अवस्थामा देखिन्छन, सो बाटो भएर हिडन समेत डर भएको छ ।’
सरकारले २०७४असारमा स्थानीय शान्ति समिति भंग गरेको थियो । स्थानीय शान्ति समितिको सम्पूर्ण कामकाज जिल्ला प्रशासन कार्यालयहरुबाटै सम्पादन हुने भएकोले समिति रहेका काजजात लगायतको सम्पूर्ण प्रतिवेदन जिल्ला प्रशासन कार्यालयमा रहेका छन् ।


जिल्ला प्रशासन कार्यालयको मातहातमा रहेको भवनका गतिविधिबारे जिल्ला प्रहरी कार्यालय बेखर नभए पनि यस्ता गतिविधि रोक्न कुनै ठोस कदम चाल्न सकेको छैन । हामीले लागु औषध प्रयोगकर्ताले भवनको प्रयोग गरेको जानकारी लिएका छौँ– ‘प्रहरी निरीक्षक परशुराम मल्लले भन्नुभयो– आवश्यक प्रमाण सहित प्रहरीले यस्ता गतिविधि नियन्त्रणको प्रयास गर्छ ।’

खुल्ला गेटको कारण जो कोहीलाई पनि भवन भित्र आवत जावत गर्न सहज भएको छ । भवन सुरक्षाको लागि निर्माण भएको गेटको ग्रिल टुटफुट हुँदा मुल चावी लगाए पनि भित्र बाहिर गर्न सक्ने अवस्थामा रहेको छ । भवनको कम्प्युटर कक्ष र सचिवालय कक्षमा चावी लगाए पनि अर्का भवन खुल्ला अवस्थामा रहेको छ ।

भवन सुरक्षाको विषयमा जिल्ला प्रहरी कार्यालय बागलुङलाई आवश्यक निर्देशन दिने जिल्ला प्रशासन कार्यालय बागलुङका प्रशासकीय अधिकृत धिरेन्द्रराज पन्तले जानकारी दिए । भवन भित्र अवाञ्छनीय क्रियाकलप हुने सूचना प्राप्त भैरहेको उनले भने– भवनको ग्रिल फेर्ने, ताराबार गर्ने र सुरक्षाको लागि प्रशासनले आवश्यक कदम चाल्छ ।’