जैमिनी महोत्सव खुल्ला भलिबलः बानपा–८ सिगानाको दोहोरो जित

बागलुङ, २९ पुस
प्रथम जैमिनी महोत्सवको खुल्ला भलिबल प्रतियोगितामा आईतबार बागलुङ नगरपालिका वडा नम्बर ८ सिगानाले दोहोरो जित निकालेको छ ।
१५ टिम सहभागि रहेका प्रतियोगिताको पहिलो दिन बागलुङ नगरपालिका–८ सिगाना, साहरा क्लब सेतो, डिहामी कन्ट्रन्सन बागलुङ, कालापाताल दमेक र युवा संघ विनामारेले जित हातपारेका छन् ।
बानपा–८ ले पहिलो खेलमा साहरा क्लब निलोलाई २–० को सोझो सेटमा पराजित गरेको थियो । उसले २५–१० र २५–२० ले जित निकालेको थियो । यस्तै दोस्रो जित निकाल्ने क्रममा बानपा–८ सिगानाले नेपाल पुलिस क्लबका खेलाडीहरुको बाहुलियता रहेको इन्फोम्याक्स पोखरालाई २–१ को सेटमा पराजित गरेको थियो । उक्त खेलमा पोखरालाई सिगानाले २६–२४, २२–२५, २१–२५ को सेटमा पराजित गरेको थियो ।
आजै भएका दोस्रो खेलमा साहरा क्लब सेतोले जैमिनी नगरपालिकालाई २१–२५, २५–१९ र २५–२३ को सेटमा पराजित गर्यो । कालापाताल दमेकले सर्कुवालाई २५–२० र २५–१६ को सेटमा पराजित गरेको थियो । युवा संघ विनामारेले जैमिनी कुश्मीसेरालाई २५–१३ र २५–१४ ले पराजित गरेको थियो ।
प्रतियोगिताको विजेताले १ लाख १ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछभने उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्ने आयोजक साहरा क्लबले जनाएको छ । प्रतियोगिता अन्तरगत भोली सोमबार लिग चरणका सवै खेलहरु सकिने प्रतियोगिताका रेफ्रि सन्दिप पन्तले जानकारी दिनुभयो ।
शुक्रबारदेखि सुरु भएको प्रथम जैमिनी महोत्सव माघ ४ गतेसम्म संचालन हुने छ ।