
भरतप्रसाद सापकोटा
बागलुङ, २२ पुस
बाग्लुङ जिल्लाको बिहुँकोटबाट जापानलाई कर्मथलो बनाई उनिहरुकै हकहित र समाजमा भईपरि आउने दैबिक विपत्ति प्राकृतिक प्रकोप अतिबिपन्न शैक्षिक धार्मिक एवं दिर्धरोगि जस्ता समाजका हरेक वेतिथिहरुमा हातेमालो गर्दै पवित्र उदेश्यका साथ स्थापित यस संस्थाले हरेक क्षेत्र मा गरेको सहयोग सरानिय प्रसंसनिय नै छ ।
कार्यक्रमलाई संम्बोधन गर्दै कार्यक्रममा अमर मा बि प्राधानाध्यापक साथै जापान समाज बिहुँकोट सचिव भिष्म कडेंलले यसं संस्थाले बिहुँकोट र यस समाज मा गरेको योगदानको उच्च प्रसंसा गर्दै यस संस्थाले गरेका हरेका सामाजिक कामले बिहुँकोटे हुनुमा गर्वलाग्ने बताउदै केहि समय पहिले बिहुँमा स्थापना गरेको १ करोडको पूँजीलाई लगानी गर्न सक्ने हो भने समाज विकासमा अर्को ईट्टा थप्न सकिने उहाँ भनाई थियो ।
सो कार्यक्रममा बिहुँकोट समाज जापानले २०१८ (१(१ देखि १२(३१ सम्म ब्रह्मलिन सन्त सिरोमणि १००८ स्वामी परमानन्द सरस्वती जी महाराजबाट स्थापना गरिएको धार्मिक पर्यटकिय क्षेत्र रामकोट धाममा सन्त भबन निर्माणको लागि रु १० लाख स्वामी जीको अबतार भएको ठाउँ साबिकको बिहुँ ३ पौवाडाँडामा मन्दिर निर्माणों लागि रु ४ लाख साबिक बिहुँ रु १ लाख गिठापाटा लक्ष्मीनारायण मन्दिरको लागि १ लाख गरी १५ लाख सहयोग उपलब्ध गराईएको अध्यक्ष देबिलाल सुबेदि ले जानकारी दिईएका छन् ।
सो कार्यक्रममा यसैसंस्थाका संरक्षक दीपक सुबेदी सहसंरंक्षक डण्डपानि कँडेल, ऊपाध्यक्ष घनश्याम कँडेल, जापान समाज बिहुँकोटका कोष्ध्यक्ष नारायण प्रसाद कँडेल राजु, गोबिन्द प्रसाद कँडेल, सल्लाहकार तथा लोक भजन संयोजक भुमिश्वर सुबेदी, निबर्तमान उपाध्यक्ष प्रेम कँडेल, निबर्तमान अध्यक्ष सागर कँडेलको मन्तव्य रहेको ऊक्त कार्यक्रममा सचिव शिबलाल कँडेल लगाएतले बोल्नु भएको कार्यक्रम मा उपाध्यक्ष असोक शर्मा गोपलले अग्रेजि बर्ष ९ २०१९० अवसर मा शुभकामना ब्यक्त गरेका थिए ।
बिहुँकोटबाट जापान भ्रमणमा रहनुभएका अमर माबिका प्रधानाध्यपक एवं जापान समाज बिहुँकोट सचिव भिष्म कडेल र जापान समाज बिहुँकोट कै कोषाध्यक्ष नारायणप्रसाद कडेंल राजुलाई विषेश सम्मान गरिएको कार्यक्रमको स्वागत प्रवक्ता फडिन्द्र सुबेदिले गरेका थिए ।
बिहुँकोट समाज जापानका अध्यक्ष देबिलाल सुवेदि सभापतित्वमा आयोजित कार्यक्रमको संचालन सचिव शिबलाल कडेलको रहेको जापानबाट अध्यक्ष सुबेदिले जानकारी दिए ।








