चर्चित गायिका शान्ति श्री र हरि सुनारको सवैलाई नचाउने पञ्चेवाजा बजारमा

काठमाडौ, मसिंर २३ ।
बोल माया पछि सर्वाधिक चर्चामा आएकी गायिका शान्ति श्री परियारको आवाजममा रहेको “संगै नाँचौ आज”बोलको पञ्चे बाजा सार्वजनिक भएको छ ।
लोक तथा दोहोरी गायक हरि सुनारको लय शव्द मा उक्त पञ्चे बाजा बजारमा आएको हो । गीतमा पछिल्लो समयमा निकै चर्चित अनि व्यस्त गायिका शान्ति श्री परियार र हरि सुनारको आवाज रहेको छ ।
प्रकाश भट्ट्ले निर्देशन गर्नुभएको म्युजिक भिडियोमा भने करिष्मा ढकाल र गायक हरि सुनार मुख्य अभिनयमा देखिनुभएको छ ।
बागलुङको गलकोटको पर्यटकीय सम्भावना बोकेका विभिन्न धार्मिक तथा ऐतिहासिक स्थलहरुको बारेमा उक्त पञ्चे बाजा तयार पारिएको गायक हरि सुनारले जानकारी दिनुभयो ।
लोक दोहोरी गाउन सिपालु गायक सुनारले यस भन्दा अगाडि लोक दोहोरी, सालैजो, तिजी गीत लगायतका अन्य गीतहरुका बजारमा ल्याइसक्नुभएको छ । जसमध्ये बरु सहन्छु चोट खाएमा, माया भन्नु के रैछ, सम्झि रुने छैन म, मेरी बुढी मेयर चर्चित गीतहरु हुन ।