बागलुङ, २१ मंसिर
अहिलेका लोकप्रिय गायक, सर्जक, मोडेल तथा निर्देशक प्रकाश सपुतको आफ्नो जन्म गाउँलाई सम्झाउने नयाँ गीत युट्युब च्यानल मार्फत सार्वजनिक भएको छ ।
बागलुङको काठेखोला गाउँपालिका–३, धम्जामा जन्मेका गायक सपुतको मंसिरको महिनामा पञ्चेबाजामा आधारित रहेर आफ्नो जन्मगाउँलाई सम्झाउने गीत दर्शकस्रोता माझ ल्याएका छन् ।
गीत सार्वजनिक भएपछि गायक, सर्जक सपुतले आफ्नो अफिसियल फेसबुक पेज मार्फत पछिल्लो समयमा धेरैले मन पराएको ‘बोल माया’ गीतको छायांकनको लागि जन्मगाउँ जाने बेला क्यामेरामेन करन चैसियरले उक्त समयमा अरु केहि गीत पनि भए छायांकन गर्न सकिने बताएपछि हतारमा भएपनि आफ्नो जन्मथलोलाई ध्यानमा राखेर गीतको रचना गरिएको जनाउनुभएको छ । सपुतले आफुले जति गित गाएपनि आफ्नै जन्म गाउँ ठाउँको गित गर्ने पहिले देखिको इच्छा र जहाँ भएपनि आफ्नो जन्मथलोको धेरै याद आउने बताउँदै अहिले गित सार्वजनिक गरेपछि सन्तुष्टि मिलेको र दर्शक, श्रोताहरुले गित मनपराईदिने आशा ब्यक्त गरेका छन् ।
गायक सपुतलाई जन्मगाउँमा सम्मानको अवसरमा छायांकन गरिएको उक्त गीतमा बोल मायामा अभिनय गरेर चर्चित बनेकी मोडेल अञ्जली अधिकारी सहित गायक सपुत र स्थानिय युवाहरुको नृत्यु देख्न सकिन्छ ।
उक्त भिडियोको निर्देशन सपुतका आफ्नै भाई देवेन्द्र बब्लुले गरेका छन्भने छायांकन करन चैसिर र सम्पादन प्रविण भट्टले गरेका छन् ।
भिडियो