गायिका शान्ती श्री परियारको कारण किन झुक्यो हेमन्त खड्काको शिर !

केपि कुमार जलन
बागलुङ, २१ मंसिर ।
मुस्ताङ लेतेमा एक चोटी त झम्टेर रूने थे उनलाई भेटेमा दर्शाक श्रोताले असाध्यै रूचाईयको गित थियो मुस्ताङ लेतेमा ।
जब क्यासेट अडियोको समय थियो तेही बेला यही गितबाट गायक सर्जक हेमन्त खड्काले केही चर्चा पाए उनलाई यही गितले गित संगितमा लाग्न अझै सहयोग मिल्यो । बिस्तारै उनका गितहरू एक पछी अर्को बजारमा सार्वजानिक भएका छन ।
मंसिर महिना यसैमा बिहेको लगन यहि मौका छोपेर भर्खर मात्रमा बजारमा पन्चे वाजा गित ‘गुराँस फुल्ने रानी बन’ बजारमा ल्याएका छन् । साथि भाईको काम आटेको पुग्ने तर गायक खड्काको आटेको कुरा नपुग्दा समाजमा शिर झुकाउनुपर्ने बाध्यता रहेकोले मन बिग्रेको कुरा यस गितमा व्यक्त गरेका छन ।
गायक सर्जक हेमन्त खड्काको लय, कृष्णा आचार्य र खड्काको शव्दमा रहेको गितमा आवज भने गायक खड्कालाई बोला मायाकी गायिका शान्ती श्री परियारले साथ दिएकी छिन । म्युजिक भिडियोमा, सुमन जिसी, आयुष्मा घर्ती मगर, दिपक खड्काको मुख्य भुमिका रहेको छ । बागलुङ जिल्लाका धार्मिक तथा पर्यटकिय स्थलहरूमा छायाङकन गरिएको म्युजिक भिडियोको परिकल्पना निर्देशन सज्जन कुमार सिंह र गायक खड्काले गरेका छन्भने छाँयाकन पनि सज्जन कुमार सिंहको रहेको छ । गितको म्युजिक भिडियो हेमन्त खड्का युटुव च्यानलबाट सार्वजानिक भएको छ ।