
सिर्जना कार्की
बागलुङ, १४ मंसिर ।
बागलुङ उद्योग वाणिज्य संघको नयाँ नेतृत्वको लागि दयाराम पौडेल र युवराज राजभण्डारीले उम्मेदवारी दर्ता गराएका छन् ।
संघको आउँदो मंसिर २१ र २२ गते हुने १७ औं महाधिवेशनमा वर्तमान कार्यसमितिका महासचिव पौडेल र वरिष्ठ उपाध्यक्ष राजभण्डारीले उम्मेदवारी दर्ता गराएका हुन । पौडेलले आफ्नो प्यानलको नाम साझा व्यवसायिक प्यानल भनेर घोषणा गर्नुभएको छभने राजभण्डारीले प्यानलको नाम घोषणा गर्नुभएको छैन ।

पौडेलको प्यानलबाट उद्योग सदस्यतर्फ हेम बहादुर खत्री र सन्दिप खड्काले उम्मेदवारी दिनुभएकोछभने राजभण्डारीको प्यानलबाट ऋषिराम गौतम र राजन कुमार शाक्यले उम्मेदवारी दर्ता गराउनुभएको छ । यस्तै महिला सदस्यमा पौडेल प्यानलबाट शर्मिला खड्का र यमकला राना तथा राजभण्डारी प्यानलबाट सितादेवी सापकोटा कंडेल र अर्चना पालिखेले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

१४ जना खुल्ला सदस्य पदको लागि पौडेल प्यानलबाट प्रचण्ड राजभण्डारी, राजकुमार श्रेष्ठ, संजयकुमार श्रेष्ठ, बद्री ढुंगाना, अनिस खाती, अजय श्रेष्ठ, राजु खड्का, रामराज गुरुङ, अर्जुन चोखाल, कृष्ण बहादुर कार्की, लोक बहादुर केसी, हरिप्रसाद आचार्य, पुनम प्रसाद शर्मा, लक्ष्मण शर्माले उम्मेदवारी दिनुभएको छ । राजभण्डारी प्यालनबाट नरेश कंडेल, विदेशकुमार श्रेष्ठ, उमाकान्त शर्मा ‘बाबु’, दिपक हमाल, शशिकपुर श्रेष्ठ, छविलाल सुवेदी, नविन कुमार श्रेष्ठ, ईन्द्रमणि पौडेल, निलेश राजभण्डारी, गणेशराज लम्साल, श्रीजय श्रेष्ठ, महेन्द्रप्रसाद शर्मा, थानेश्वर सुवेदी र सहविन अर्गेजा मगरले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
नेपाल कम्प्युनिष्ट पार्टी (नेकपा)ले पौडेल नेतृत्वलाई समर्थन गरेको छभने नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा, नयाँ शक्ति नेपाल र राप्रपाले राजभण्डारी प्यानललाई समर्थन गरेको छ । महाधिवेशनमा अध्यक्ष सहित २ उद्योग सदस्य, २ महिला सदस्य र १४ जना खुल्ला सदस्य पदमा निर्वाचन हुनेछ ।










