दुदिलाभाटीमा बाईक दुर्घटना हुँदा एक विद्यार्थीको मृत्यु, एक घाईते

बागलुङ, १० मंसिर
बाग्लुङमा मोटरसाईकल दुर्घटनामा एक विद्यार्थीको जनाको ज्यान गएको छ । गलकोट नगरपालिका १ दुदिलाभाटीको चौराहमा ध १ प २७८१ नम्बरको साईन मोटरसाईकल दुर्घटना हुदाँ बनभोज खान आएका बिद्यार्थी अनिल सापकोटाको ज्यान गएको छ ।
बागलुङ नगरपालिका – ३ रातामाटाको धौलागीरी विरेन्द्र माध्यमिक विद्यालयबाट बनभोजका लागि भ्यु टावर आएका कक्षा १२ मा अध्यनरत सापकोटाको ज्यान गएको छभने उनिसंगै सवार कक्षा १० मा अध्ययनरत संगम पन्त घाइते भएको प्रहरीले जनाएको छ ।
बनभोजमा आवश्यक पर्ने सामाग्री लिएर गल्कोटको हटिया बजारबाट भ्यु टावर तर्फ जाँदै गर्दा उनीहरु सवार मोटरसाइकल दुर्घटना भएको इलाका प्रहरी कार्यालय गल्कोटले जनाएको छ ।