
काठमाडौँ, ७ मंसिर
पछिल्लो समयमा निकै व्यस्त गायक, मोडेल तथा निर्देशक दुर्गा विरहीको “के छ कोशेली” बोलको गीत सार्वजनिक भएको छ ।
वरिष्ठ सर्जक रमेश विजीको उत्कृष्ठ शव्द सृजनामा रहेको उक्त गीत निर्देशक विरहीको लय तथा आवाजमा बजारमा आएको हो । आवाजमा भने चर्चित गायिका देवी घर्ति मगरले साथ दिनुभएको छ ।
करण चैसर छायांकन, मनोज कार्कीको सम्पदान र मौसम हिमालीको निर्दशनमा तयार भएको उक्त गीतको म्युजिक भिडियोमा पार्वती राई, सोभा त्रिपाठी, पिएन सापकोटा र धमेन्द्र बस्नेत मुख्य अभिनयमा देखिनुभएको छ ।
दर्जनौ गाीत बजारमा ल्याइसक्नुभएका विरहीले अन्य गीतलाई जस्तै यस गीतलाई पनि एक पटक सुनेर, हेरेर सुझाव, सल्लाह र प्रतिक्रिया दिनका लागि दर्शक स्रोतालाई अनुरोध समेत गर्नुभएको छ ।
विरहीले लोक गीत तथा दोहोरी गीतहरु सालैजो, पञ्चेबाजा, झ्याउरे लगायतका अन्य नेपाली मौलिक गीत सृजना, मोडेल तथा निर्देशन गर्नुभएको छ ।










