
बागलुङ, २३ असोज
धौलागिरी अंचल अस्पताल बागलुङको अध्यक्षमा समाजसेवी केवी राना मगर नियुक्त हुनुभएको छ ।
गण्डकी प्रदेशमन्त्री परिषदको सोमबार सम्पन्न बैठकले बानपा–१ रामरेखा निवासी रानालाई अंचल अस्पताल विकास समितिको अध्यक्षमा चयन गर्ने निर्णय गरेको हो । लामो समयदेखि समाज सेवाका क्रियाशिल रानाले बागलुङका गैरनाफा मुलक विभिन्न सामाजिक संघ संस्थाको नेतृत्व सम्हालि सक्नु भएको छ ।
रानाले भीमापोखरा युवा क्लव, धौलागिरी सामुदायिक विकास स्रोत केन्द्र (डिसीआरडिसी), बागलुङ नगरखानेपानी तथा सरसफाई उपभोक्ता संस्था, धौलागिरी बहिरा विद्यालय, डिआईआरडिसी लगायतका संस्थाको नेतृत्व लिनुभएको थियो ।
अंचल अस्पतालमा दरबन्दी अनुसारको विशेषज्ञ डाक्टर उपलब्ध गराउनु, भौतिकपूर्वधारको निर्माण र आन्तरिक तथा वाह्य व्यवस्थापन अध्यक्ष रानाको मुख्य चुनौती रहेका छन् ।










