मालिका सेवा समाजले गर्यो ५ बालबालिकाको शैक्षिक अभिभावकत्व ग्रहण

बागलुङ, १९ असोज ।
गण्डकी प्रदेशका सांसद इन्द्रलाल सापकोटाले अवको युगमा जग्ग जमिन भन्दा आफ्ना वालवालिको शिक्षाको लागी लगानी गर्न आग्रह गर्नु भएको छ ।
मालिका सेवा समाज बागलुङले बानपा ५ मालिका वान्द्रे स्थीत श्रीकृष्ण अधारभुत विद्यालयमा आयोजित शैक्षिक अभिभावकत्व ग्रहण कार्यक्रममा बोल्दै यस्तो बताउनुभएको हो ।
सापकोटाले आफ्नो वालवालिकालाई २१ औ सताव्दीको चुनौतीलाई सामना गर्न सक्ने तथा दुनिया संग प्रतिशपर्दा गर्न सक्ने वनाउन आवश्यक रहेको बताउनुुभयो ।
सो अवसरमा सेवा समाजले विद्यालयमा अध्ययन गर्ने चेपाङ तथा विपन्न परिवारका ५ जना वालवालिकाको शेक्षिक अभिभावकत्व ग्रहण गरेको छ ।


सेवा समाजले कक्षा १ का सीता विक,कक्षा ३ का सुस्मीता चेपाङ कक्षा ४ का रेजिना सापकोटा, कक्षा ५ का सुनिता चेपाङ र कक्षा ७ का गणेश सापकोटाले विद्यालयमा अध्ययन गर्ने समय सम्मको विद्यालय पोषाक किताव, कपी कलम वेहोर्ने गरी अभिभावकत्व ग्रहण गरेको हो ।


मालिका सेवा समाजका अध्यक्ष दुर्गा कुवरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक राजेन्द्र ढुङगाना, वडा अध्यक्ष शिव प्रसाद सापकोटा, नगर कार्यपालिका सदस्य कालिका सापकोटा, नेपाली काग्रेस मालिकाका वार्ड सभापती फुलप्रसाद सापकोटा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चक्रपाणी शर्मा, विद्यालयका प्रअ दयाराम सापकोटा लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । समाजका उपाध्यक्ष विष्णु कुवरले स्वागत गर्नुभएको कार्यक्रमको संचालन सचिव तेजवहादुर कुवर सन्तोषले गर्नु भएको थियो ।
मालिका वाट बागलुङ वजारमा पेषा व्यवसाय गरी वस्ने मालिका वासीले स्थापना गरेको मालिका सेवा समाजले शिक्षा स्वास्थ्य तथा विभिन्न समस्यामा परेका व्यक्तिहरुको लागी सहयोग गर्दे आएको छ ।