वडाअध्यक्ष थापाको नेतृत्वमा ५ कि.मी गोरेटो बाटो मर्मत

बागलुङ, १५ असोज
बागलुङको काठेखोला गाउँपालिका–१ मा अक्षेतेदेखि पाला कोटसम्मको करिव ५ कि मि गोरेटो बाटो मर्मत गरिएको छ ।
वार्ड समितिको प्रति महिना एक दिन श्रमदान गर्ने निर्णय अनुसार सोमबार श्रमदान गरी बाटो मर्मत गरिएको हो । वाड अध्यक्ष खड्क बहादुर थापाको नेतृत्वमा साविक पाला ३ र ४ का ५५ बढी नागरिकहरूको सहभागिता रहेको थियोे ।
गाउँमा राज्यले गरेको लगानी सिमित भएको रहेको हुँदा विकासको गतिलाई तिव्र्र श्रमदान अभियान संचालन गरेको वडा अध्यक्ष थापाले बताउनुभयो ।
अभियान अन्तरगत असोज १६ गते खहरेदेखि हेल्थ पोष्ट भवन सम्म, १९ गते सिलिखेतदेखि चनौटे पिपलडाडासम्म र २० गते दोविल्लादेखि छापासम्मको मोटर बाटो मर्मत गर्ने योजना रहेको रहेको वार्ड सदस्य दिपक खड्काले वताउनुभयो ।