
याम बहादुर थापा
पृष्ठभुमि (Background )
नेपालमा पर्यटनको अथाह सम्भावना रहेको कुरा विकटता र दुगर्मताको हिसावले भरिभराउ भएको क्षेत्र हो । पर्यटनलाई हल्लाको भरमा डलरको खेती गर्ने व्यवसायको रुपमा लिने गरिन्छ । पर्यटन व्यवसायको आधारमा आफनो जिवनको चोलालाई आमुल परिर्वतन गर्ने आधारभुत जनजीवनमा स्तर उन्नती गर्नेहरुको संख्यामा दिगोपना तरिकाले वृद्धि भएको अवस्थालाई आजका दिनसम्म आशा लाग्दो भएको पाउन सकिदैन । प्राकृतिक, साँस्कृतिक, साहसिक, ऐतिहासिक तथा धार्मिक दृष्टिबाट नेपाल विश्वकै एक प्रमुख पय्रटकीय गन्तव्य देश हो । पर्यटकीय गन्तव्यहरुको विविधीकरण गर्दै नयाँ पर्यटकीय स्थल र उपजहरुको पहिचान, विकास तथा पर्यटकीय पूर्वाधारहरुको विकास गरी पर्यटन उद्योगलाई अर्थतन्त्रको प्रमुख आधारशिला निर्माण गर्न जरुरी छ ।
अथाह सम्भावना बोकेका पर्यटकीय क्षेत्रहरुको पूर्वाधारहरुको निर्माणमा ध्यान जान नसकेको र पर्यटन मैत्री वातावरणको अभाव रहको पाउन सकिन्छ । अहिले नेपालमा संक्रमणकालीन संघीय संरचनाहरुको निर्माणमा रहेको समयमा स्थानीय तह र प्रदेश सरकारले समेत बजेट तर्जुमा गर्दा नीति तथा कार्यक्रमहरु प्रस्तुत गरि बजेट ल्याउने प्रचलनको व्यवस्था भएकोले सानो प्रयास स्वरुप तमानखोला गाउँपालिकाको सेरोफेरोमा केन्द्रित भै विश्लेषण तथा विवेचना गर्ने प्रयास गरिएको छ ।
संवैधानिक व्यवस्था
नेपालको संविधान २०७२ को भाग ४ मा राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको धारा ५१ अन्तगर्त राज्यका नीतिहरु मध्ये पर्यटन सम्बन्धी नीतिमा नेपालका ऐतिहासिक, सांस्र्कतिक, धार्मिक, पुरातात्विक र प्राकृतिक सम्पदाहरुको पहिचान, संरक्षण , प्रवद्र्धन एवं प्रचार प्रसार मार्फत राष्ट्रिय अर्थतन्त्रको महत्वपूर्ण आधारको रुपमा पर्यावरण अनुकुल पर्यटन उद्योगको विकास गर्ने, पर्यटन संस्कृतिको विकास गर्न आवश्यक वातावरण एवं नीति निर्माण गर्ने तथा पर्यटन उद्योगको लाभ वितरणमा स्थानीय जनतालाई प्राथमिकता दिने मुलभुतमा लिएको अवस्था छ । पर्यटन नीतिलाई राज्यको दायित्व अन्तर्गत क्रमश ः कार्यान्वयन गर्दै नेपाललाई समृद्ध तथा समुन्नत बनाउने हिसावले लिएको पाउन सकिन्छ । राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको प्रगतीशील कार्यान्वय भए नभएको अनुगमन र मुल्यांकन गर्न संघीय संसदमा कानुन बमोजिम एक समिति रहने छ ।
चौधौ योजनामा पर्यटन सम्बन्धी व्यवस्था
चौधौ योजनाको पर्यटन सम्बन्धी सोचमा आर्थिक समृद्धिका लागि पर्यटन विकास भन्ने दिर्घकालीन र भविष्यपरक हिसावले लिइएको छ । पर्यटन क्षेत्रको विकास मार्फत आर्थिक वृद्धि र रोजगारीका अवसर अभिवृद्धि गर्ने लक्ष्य लिइएको छ । देशलाई आकर्षक तथा थप सुरक्षित गन्तव्यको रुपमा विकास गर्दै पर्यटन आगमनमा उल्लेखनीय वृद्धि गरी जनताको आयस्तरमा वृद्धि गर्नु, पर्यटकीय गन्तव्य स्थल तथा उपजमा विविधीकरण र विकास गर्नु तथा नेपालका प्रमुख पर्यटकीय उपजहरुको बजारीकरण तथा प्रवद्र्धन गर्नु जस्ता उद्धेश्यहरु लिएको पाइन्छ । पर्यटन सम्बन्धी रणनीतिहरुमा पर्यटन, प्रवद्धर््न र पर्यटन विकास गर्न सार्वजनिक, निजी, सहकारी र सामुदायिक क्षेत्रसँग साझेदारी एवं सहकार्य गर्ने, ग्रामीण पर्यटन मार्फत लाभलाई जनस्तरसम्म पुरयाउने, मुलुकमा सबै मौसममा पर्यटकीय क्रियाकलापहरु सञ्चालनका लागि आन्तरिक पर्यटनलाई प्रोत्साहन गर्ने साथै स्थापित तथा नयाँ पर्यटकीय गन्तव्य स्थलहरुको एकीकृत र समन्वयात्मक रुपमा पूर्वाधार विकास गर्ने र पर्यटन क्षेत्रको विकास र विविधीकरण गर्न वैदेशिक लगानी आकर्षित गर्ने रहेको छ ।
तमानखोला गाउँपालिकाको सन्दर्भमा
समुन्नत, समतामुलक र सम्मृद्धि तमानखोला गाउँपालिका भन्ने सोच रहेको छ । समानता, परिस्कृत, सुसंस्कृत समाज र विकासोन्मुख गाउँपालिका बनाउने लक्ष्य लिएको छ । गाँउपालिकाको उद्धेश्यमा शैक्षिक रुपान्तरण, गरिवी न्यूनिकरण, उत्पादनमुलक, रोजगार सृजना, सामाजिक न्यायमा आधारित, न्यायोचित वितरण, सम्पनता र आत्मनिर्भर गाउँपालिका बनाउने रहेको छ ।
तमानखोला गाउँपालिकाको सम्वृद्धिको आधारको रुपमा रहेको पर्यटन क्षेत्रलाई विकासको आधारशिला बनाउन आवश्यक रणनिति तयार गर्न पर्यटन सँग सम्बन्धित तह र पर्यटन विज्ञहरुको अध्ययनबाट निस्केको प्रतिवेदन, सल्लाह र सुझाव लिई पर्यटकीय क्षेत्रहरुको विविधकरण गरी आवश्यक पर्यटकीय गुरुयोजना तयार गरिने छ ।
तमानखोला गाउँपालिकाले पर्यटनको विकास गर्न राष्टिय तथा अन्तराष्ट्रिय पर्यटन क्षेत्र ढोरपाटन र गुरिल्ला पदमार्गलाई जोडदै बोगादोभान, मुठाचौरको बहराताल, अंकुटे देउराली, धान्चे देउराली, नौडल्ले पहाड, बयलीको धुरी, पुठाले खोलेको ताल, शोले डाडा, अमिल चौर, दुरलेकको धुरी, ताराखोला, घुम्टको लेक, घोडा बाँधे, गाजाको दह पदमार्ग विकास गर्ने आवश्यक पूर्वाधार निर्माण,खानेपानी, पर्यटकिय क्षेत्रको सुचना तथा जानकारी बोर्ड, बास बस्ने स्टेशन, बाटो निर्देशन सुचना निर्माण गर्न समपुरक कोषमा बजेट व्यवस्था गरी सघीय, प्रदेश सरकार तथा दातृ निकायलाको सहयोग र सहलगानी गरिने छ । मुठा चौरमा पर्यटक आराम घर निर्माण गरिने, शोले डाडामा बनभोज स्थल निर्माण गर्ने,नौडल्ले पहाड पुगेर फर्के पछि नर्जा वा भित्रीवनमा चिडिया घरमा निर्माण गर्ने, धार्मिक पर्यटन तथा देवता पुजा गर्न ढोमइ थानमा बाइस धारा,मन्दिर,पौवा निर्माण गर्ने, गाउँपालिका क्षेत्र भित्र रहेका सार्वजनिक जग्गाहरुलाई गाउँपालिका मातहतमा ल्याउने र त्यस्ता जग्गाहरु पयटन विकासका लागि सामुदायिक वन क्षेत्रका जग्गाहरु पर्यटन प्रवर्धन गर्नको लाग उपयोग गर्न कानुनी प्रक्रिया अघि बढाइने छ । गाउँपालिकाको सम्भावित र उपयुक्त पर्यटकीय क्षेत्रहरुको पहिचान सहित पर्यटन पुर्वाधार विकासमा जोड दिइने छ ।
तमानखोलाको चुनौती
पूर्वाधार विनाको विकास अधुरो हुन्छ । सडक संजाल बाह्र महिना चल्ने बनाउन जरुरी छ । अझै सम्म सडकले नछोएको नर्जाखानी, भित्रीवनमा पर्यटकलाई पदमार्ग विकास गर्न जरुरी भएको छ । पदमार्गको चिन्हको व्यवस्था गरी व्यवस्थीत होटलहरुको स्थापना गर्न आवश्यक छ । तालिम प्राप्त जनशक्तिको विकास गरी स्वागत र सम्मानमा पर्यटक मैत्रीको संस्कार विकास र विस्तार जनस्तर सम्म गर्नुपर्ने छ । शिक्षामा नमुना योग्य विद्यालयहरुको विकास गरी शैक्षिक भ्रमणको गन्तव्य बनाउनको लागि परेमा सर्वागिण विकासको काम समेत हुने छ । जडीबुटी, आलु खेती, ढुगाखानी, भ्युटावर, पशुपालन, माछापालन, च्याउखेती जस्ता विषयमा अध्ययन केन्द्र र व्यवसायिक उत्पादनमा जोड दिइएमा पर्यटनको लागि गतिलो आधार तय हुने छ । लघु जलविद्युत परियोजनालाई सही व्यवस्थापन गर्दै केन्द्रिय विद्युत प्रशारण लाइनमा जडान गरी देश लोडसेडिङ मुक्त रहेको चर्चालाई तमानखोला वासीलाई अनुभूति दिलाउनु छ ।
नेपालको एक मात्र शिकार आरक्ष ढोरपाटन क्षेत्रमा भ्रमण गर्न जाने पर्यटकलाई बुर्तिवाङ, बोगादोभान, बोगाखानी हुँदै ढोरपाटन तथा बोगादोभान, खुखानी, नर्जाखानी, नौडल्ले, गुर्जाघाट, ढोरपाटनको पदमार्गलाई चक्रपथको रुपमा विकास गर्न सकेमा पर्यटकलाई समेत विविधताको अवलोकन गर्नमा नयाँ हबको विकास हुने थियो । भौगोलिक दुर्गमता सहित बढी भिरालो जमिनलाई सही तरिकाले बस्ती एकिकृत निर्माणमा लैजानको लागि जरुरी भएको छ । पहाड चढ्ने कलाको उत्तम स्थलको चयन गरी पूर्वाधारको विकास गर्न आवश्यक छ । छन्त्यालको खानी खन्ने परम्परा, भिर मौरीको मह काढ्ने प्रचलनलाई मौलिक कामको जर्गेना गरी राख्नु पर्दछ ।
निश्कर्ष
बढदो शहरीकरणको बसाइसराइले ग्रामीण क्षेत्र बुढाबुढी र गरिव दुखिहरु मात्र बसोवास गर्ने स्थलको रुपमा विकास भएको छ । छरिएको बस्तीले विकासका पुर्वाधार निर्माणमा लागत बढी मात्रामा खर्च गरे पनि प्रतिफल न्यून रुपमा हासिल हुने गरेको पाउन सकिन्छ । पर्यटनको विकास र विस्तारमा अध्ययन र अनुसन्धानमा लागि रहनको लागि दक्ष जनशक्तिको संगठन बनाउन जरुरी छ । समाज भित्रका विकृति,विसंगतीको संस्कारलाई निरुत्साहित गरी जनस्तरको बोली र व्यवहारमा अमृत बाणीको लहर ल्याउनुमा पर्यटनको विकास सगसगै आउनु पर्ने छ । किनकी दिगो विकास र दक्ष जनशक्ति विकासले सर्वागिण विकासमा महत्वपुर्ण आधार निर्माण हुन्छ भन्ने ध्येयका साथ तमानखोलाको पर्यटन प्रवद्र्धनको क्षेत्रलाई निरन्तर रुपमा विस्तार गर्न जरुरी भएको छ ।
(लेखक थापा तमानखोला गाउँपालिकाको लेखापाल पदमा कार्यरत हुनुहुन्छ ।)










