राजेशचन्द्र राजभण्डारी
अनुगमन
बागलुङ नगरपालिकाले बागलुङ सदरमुकाममा नयाँ स्थानीय सरकार गठन भएपछि बजार अनुगमन शुरू गरेको छ । सधैं उपभोक्ता मन्चले गर्दै आएको बजार अनुगमन यसपटक देखि स्थानीय तहबाट शुरूवात भए पछि केही नयाँपन आउने आशा गरिएको छ । अहिले धमाधम बजार अनुगन भइरहेको छ केही दिन अघिमात्रै बागलुङ नगरपालिकाको अनुगमन निकायले बजारमा काटेको खसी कुखुरा भैसीको मासु बेच्ने पसल भित्र छिरेर हेर्दा अबस्था दयनीय थियो ।
बजारमा बिक्री वितरण गर्ने मासु पसलबाट आम उपभोक्ताले राम्रो शुद्ध स्वच्छ मासु खान पाएका छैनन् भन्ने कुरा अनुगमनको क्रममै स्पष्ट रूपमा देखियो । नत बागलुङ सदरमुकाममा सुबिधाजन्य बधशाला नै छ नत पशु बध गर्ने कुनै तरिका नै छ । जतिसुकै फोहोर मैलाको थुप्रो बिच कुखुरा खसी राँगो भैंसी काट्ने गरिन्छ । बेला बेलामा हुने अनुगमन पनि मात्रै नाटक भन्दा अर्को थोक केही हुन सकेको छैन । बागलुङका आम उपभोक्ताले ब्यापारीले भनेजति पैसा तिरेर पनि फोहोर अशुद्ध अस्वस्थकर मासु खाइरहेका छन् ।
आम उपभोक्ताको स्वास्थ बारे केही मतलब नै छैन जसरी हुन्छ पैसा कमाउनु परेको छ । अनुगमन समितिले दिएको सुझाव कुनै वास्ता हुदैन फेरि ३ महिनापछि अनुगमन भयो भनेपनि हालत उहीँ नै हो । अहिले देशमा इतिहासमै शक्तिशाली सरकार बनेको छ तर जनताको बारेमा केही वास्ता गरेको भने देखिदैन ।
जनताको आवाज सुनिदिने निकाय कहाँ छ के गरि बस्छ केही थाहा छैन । मनपरि ढंगले ब्यापार गर्न पाइन्छ कि पाइदैन यसको जवाफ जनतालाई चाहियो । कसैले आफ्नो ब्यापार ब्यबसाय ऐन कानुनको परिधिभित्र रहेर गर्नुपर्छ मनपरि ढंगले काम गर्ने अधिकार कसैलाई छैन जसले गलत गर्छ त्यसलाई ठिक ठाउँमा ल्याउनु पर्छ । अनुगमन मात्रै अनुगमन को लागि नभएर परिवर्तनको लागि हुन जरुरी छ ।
सहकारी र कर
अहिलेको साता सहकारी साता भने पनि फरक पर्दैन अहिले बागलुङ जिल्लामा रहेका सहकारी संस्थाहरूले धमाधम साधारणसभा गरिरहेका छन् । देशको अर्थतन्त्रको ३ वटा खम्बा मध्य सहकारी तेस्रो खम्बाको रूपमा रहेको छ । अहिले राज्यलाई यसले अर्थतन्त्रको लागि सहयोग गरिरहेको छ । साच्चै सहकारी सहकारीको भावना अनुसार चलिरहेको छ कि छैन भनेर कसैले प्रश्न गर्ने हो भने छातिमा हात राखेर यसले सबै ठिक गरेको छ भनेर भन्न सक्ने हिम्मत २ प्रतिशत को पनि देखिदैन । अहिले पनि अधिकांश सहकारीले आफुले गरेको कारोवारको वास्तविक हिसाबकिताब साधारणसभामा प्रस्तुत नै गर्दैन राज्यलाई कर छल्नको लागि अनेक किसिमको जालझेल गरेर नक्कली प्रतिबेदन प्रस्तुत गर्ने गरेको कुरा अधिकांश शेयर सदस्यलाई थाहा नै छ ।
बाहिर बोल्दा हामीले जे जस्तो कुरा बोल्छौ त्यो अनुसारको आचार हामी संग छकि छैन । हामीले सिमित ब्यक्ति लाई फाइदा पु¥याउन गलत धन्दा गरिरहेका छौ भन्ने कुरा पनि सहकारी अभियान लाग्नेहरू लाई थाहा छ । तर पनि हामीले आफुलाइ सुधार गर्छाैं नत सहकारीलाई राम्रो बनाउने काम गर्छौ । समस्या एकातिर छ समाधान अर्कोतिर खोज्छौ त्यहीँ भएर समाधान नआएको हो । अहिले राज्यलाई बुझाउने कर भनेको सहकारीमा काम कारोवार गरेको आधारमा तिर्ने हो अहिले हामीले सिमित स्वार्थको लागि नक्कली कागज बनाउने नक्कली लेखा परिक्षण गरेर देखाउदा सिमित ब्यक्तिलाई मात्रै फाइदा पुगेको छ ।
थोरै काम गलत गर्न धेरै काम थप गलत गर्नुपर्ने हुन्छ भन्ने कुरा पनि थाहा छ तरपनि गलत प्रबृत्ति हटेको छैन । साच्चै सहकारी लाई राम्रोसँग संचालन गर्न यसलाई सहकारीको सिद्धान्त अनुसार सहकार्यको भावना अनुसार चलाउन जरुरी छ ।
तक्मा प्रकरण र बलात्कार ३
कहि नभएको जात्रा हाडी गाउँमा भने झै अहिले देशको राष्ट्रपति बिद्यादेबी भण्डारीको हातबाट धेरै नेपाली छातीमा तक्मा पाए यसलाई राम्रो मान्नुपर्छ ।
अहिले देशमा जताततै बलात्कारको घटना घटिरहेको छ बालिका बलात्कार गर्ने अपराधीलाई कार्वाही गर्ने माग गरिरहेका छन् । अहिले सरकारले जनसेवाश्री पदकबाट एकजना प्रहरी प्रमुख बिद्यानन्द माझीलाई पनि सम्मान गरेको छ जसले आफ्नो पदको दुरुपयोग गरेर एकजना बलात्कार भएको बालबालिका लाई अन्याय गरेका थिए । आज त्यस्तो ब्यक्तिलाई जनसेवा श्री पदक बाट बिभुसित गर्दा अहिले सर्बत्र यसको बिरोध भइरहेको छ ।साच्चै अहिले सरकारले यस्तै गलत ब्यक्ति लाई तक्मा दिदा तक्मा कै अपमान भएको छ ।
किन यस्ता ब्यक्तिलाई हाम्रो निकायले सिफारिस गर्छन् कस्तो सम्बन्ध छ तिनीहरूको भन्ने कुरा स्पष्ट भएको छ । अहिले पनि तक्मा बितरण गर्ने परिपाटी पुरानै छ । पञ्चायत कालमा जस्तो किसिमले बितरण गरिन्थ्यो अहिले पनि त्यो भन्दा फरक छैन । अहिले पनि नातावाद, कृपाबाद, फरियावाद भन्दा माथि उठ्न सकेको छैन । राजधानीमा राष्ट्रपतिले प्रदान गर्ने तक्मा जिल्लामा संघसंस्थाले गर्ने मान सम्मान पनि नातावाद ,कृपाबाद र फरियावादबाट मुक्त देखिदैन । हो अहिले सबैभन्दा सस्तो भएको छ मान सम्मान जे जस्तो कुरामा पनि राजनीति गुटबन्दी अझै कायमै छ ।
देशमा धेरै पटक ब्यबस्था फेरिए तर अबस्थामा भने केही परिवर्तन आएको छैन । मनपरि ढंगले तक्मा बाड्ने जुन परिपाटी छ यसलाई रोक्न जरुरी छ । जसले समाजमा सकारात्मक भुमिका निभाएको छ त्यस्ता ब्यक्तिलाई दिनुपर्ने चिज आफ्नो शाला भाइ भतिजा छोरी ज्वाइ लाई दिने परिपाटी अहिले गणतन्त्रमा कायमै रहनु लाई अबश्य पनि राम्रो मान्न सकिदैन ।
नैतिक शिक्षा
अहिले नैतिक शिक्षाको कुरा गर्दाखेरी धेरैले पुरानो कुरा भनेर यसको बिरोध गरेको सुनिन्छ । अहिले हाम्रो समाज बिग्रिएको प्रमुख कारण नैतिक शिक्षा नैतिक आचारण नभएको हुनाले हो । अहिले सामुदायिक बिद्यालयमा समेत राजनीति दलको आन्दोलनले नैतिक शिक्षा र संस्कृत शिक्षा हटाउने काम भएको छ अहिले पनि बिद्यालयमा बिद्यार्थी लाई नैतिक शिक्षाको सट्टामा अङ्ग्रेजी पढाउने अनि नम्बर भने नैतिक शिक्षा पास भएको दिने जुन गलत संस्कृतिको बिकास भएको छ यसले समाजलाई झन भ्रष्टीकरण गर्ने काम भएको हुनाले पनि झन समस्या आएको छ । अहिले हामी सबैको जोड बल भनेको मात्रै आफ्नो छोराछोरीले बढी नम्बर ल्यायो कि ल्याएन भन्ने मै केन्द्रीत छ ।
मेरो छोरा नैतिक वान भए कि भएनन् चरित्र वान भए कि भएनन् भन्नेमा कसैको ध्यान पुगेको छैन । मात्रै नम्बर कति भन्ने कुरामा समाज अगाडि गएको छ । अहिले यो समस्या घट्नु को सातो झन बढेर गएको छ नत छोराछोरी नरुैतिकवान नै भए नत चरित्रवान नै भए नत ब्यबहारिक नै भए जबसम्म हामीले लिने शिक्षा ब्यबहारिक हुन सक्दैन तवसम्म हाम्रो छोराछोरी ब्यबहारिक हुन सक्दैन ।
शिक्षा भनेको कुरा ज्ञान हो ज्ञानलाइ जबसम्म ब्यबहारिक बनाउन नसके सम्म त्यसले केही अर्थ राख्दैन । अहिले शिक्षा मात्रै बिदेशीको भाडा माझ्ने शिक्षा भएको छ । नत अहिलेका शिक्षा लिने बिद्यार्थीले आफुभन्दा ठुलाबडा लाई आदर गर्न जानेका छन् नत मान मर्यादा गर्न नै सिकेका छन् । अहिले त मात्रै ब्यापारी शिक्षा चलिरहेको छ । सिमित ब्यक्तिको फाइदाको लागि जेपनि गर्ने जस्तो पनि गर्ने संस्कृति लाइ सरकारले समेत समर्थन गरिरहेको छ ।
तीज महोत्सव
नेपाली हिन्दु नारीहरूको महान चाड तीज पर्व यतिबेला गाउँ देखि शहर सम्म मात्रै हैन राजधानी सम्म छोएको छ अहिले महिला दिदीबहिनी लाई नाच्न गाउँन भ्याइनभ्याई छ ।बर्ष दिनमा एकपटक मनाइने तीज यतिबेला महोत्सवको रूपमा परिणत भएको छ ।
अहिले यतिबेला महिला दिदीबहिनीहरू लाई नयाँ सारी फेरिफेरि पार्टी प्यालेसमा जादै दर खानै ठिक्क छ । साच्चै यतिबेला तीज बर्ष दिनभरिको सुख दुख साट्ने चाड हैन रमाइलो मोजमस्ती गर्ने पर्वको रूपमा बिकास हुँदै गइरहेको छ । अहिले तीज हुने खानेको मात्रै चाड भएको छ हुँदा खानेको लागि तीज एकादेशको कथा बन्न पुगेको छ । अहिले तीज पर्व सांस्कृतिक कम बिकृती बढी भएको छ यसलाई अहिले देखि नै नियन्त्रण गर्न जरुरी छ ।
महिला आन्दोलनको कुरा गर्ने दिदीबहिनीले यसलाई वास्तविक मुद्दाको रूपमा मनाउन भन्दापनि तामझामको साथ तीज मनाउन मै तल्लीन देखिएका छन् यसले गर्दा नै झन समाजमा थप समस्या आएको छ ।
अहिले तीजमा दिदीबहिनीलाई लिन जाने घरमा आएर व्रत बस्ने मन्दिरमा जाने परम्परा कम हुँदै गइरहेको छ । यस्तै तरिकाले जाने हो भने एकदिन तीज मात्रै एकादेशको कथा जस्तो बन्न पुग्ने छ त्यसकारण यसलाई बेला छदै सहि बाटोमा लग्न जरुरी छ ।










