रेशमा यस वर्षपनि तिजी मेला हुँदै

बागलुङ, ११ साउन ।
काठेखोला गाउँपालिका वडा नम्बर ७ रेशमा यस वर्षपनि नेपाली महिलाहरुको महानचाड हरितालीका तिजको अवसरमा मेला हुने भएको छ ।
रेशमा रहेको स्टार युथ क्लबले अघिल्लो वर्षहरुमा जस्तै यस वर्षपनि भदौ २४ गतेदेखि २७ गतेसम्म तिजी मेला गर्न लागेको जनाएको छ ।
मेलामा यस वर्षपनि मुल्य आकर्षणको रुपमा पुरुष भलिबल प्रतियोगिता रहेको छ । साविकका वडास्तरिय भलिबल प्रतियोगिताको विजेताले ६० हजार १ रुपैयाँ प्राप्त गर्नेछभने उपविजेताले ४० हजार १ रुपैयाँ प्राप्त गर्ने कार्यक्रम संयोजक डिल बहादुर कार्कीले जानकारी दिनुभयो ।
मेलामा रेशकाहरुको लागि मात्र सोलो बाईक रेश प्रतियोगिता, महिला/पुरुष रस्साकस्सी प्रतियोगिता, अन्तर प्रा.वि. स्तरिय हाजिरी जवाफ प्रतियोगिता, साविक वडा स्तरिय तिजी गित प्रतियोगिता र एकल नृत्य प्रतियोगिता हुने आयोजकले जनाएको छ ।
मेलामा राष्ट्रिय कलाकार प्रमोद खरेल सहितका राष्ट्रिय तथा स्थानिय कलाकारहरुले मनोरञ्जन प्रदान गर्ने जनाइएको छ ।
मेलाबाट संकलन भएको रकमले काठेखोला गाउँपालिका–७ रेशमा फुटबल मैदान निर्माण गर्ने उद्देश्य रहेको आयोजकले जनाएको छ ।