लायन्स क्लब धाैलागिरि बागलुङबाट छात्रवृत्ति प्रदान

राजेशचन्द्र राजभण्डारी
बागलुङ, ५ भदौ ।
हामी सेवा गर्छाैं भन्ने भावनाले खुलेको अन्तर्राष्ट्रिय सामाजिक संस्था लायन्स क्लब अफ धाैलागिरि बागलुङले बागलुङ नगरपालिका वडा नम्बर ४ मा रहेकाे सामुदायिक बिद्यालयका बिद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान गरियो ।
देउराली प्राथमिक बिद्यालयमा अध्ययन गर्ने २२ जना दलित बिपन्न गरिब बालबालिकालाई लायन्स क्लबले एक कार्यक्रम गरि ड्रेस, झाेला, कपि, पेन्सिल लगायतका ४0 हजार रूपैयाँकाे शैक्षिक सामाग्री प्रदान गरिएको थियोे ।
सामुदायिक बिद्यालयकाे शैक्षिक गुणस्तर बृद्धिकाे लागि अहिले लायन्स क्लबले नयाँ अभियान संचालन गरिरहेकाे लायन्स क्लब अफ धाैलागिरि बागलुङका अध्यक्ष बसन्त कुमार श्रेष्ठले बताए ।
कार्यक्रममा बागलुङ नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष ध्रुब बहादुर केसी नेपाल पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष दिल शिरीष समाजसेवी बिजुला शर्मा लायन्स अफ द धाैलागिरि देबबहादुर श्रेष्ठ जाेन चेयपर्सन भरत शर्मा लगायतका बक्ताहरूले लायन्सले अहिले गरेको शैक्षिक सामाग्री बितरणले सामुदायिक बिद्यालयमा अध्ययन गर्ने बालबालिकालाई यसले मद्दत पुर्‍याउने धारणा राखेका थिए ।
लायन्स क्लब धाैलागिरि बागलुङका अध्यक्ष बसन्त कुमार श्रेष्ठ स्वागत प्रथम उपाध्यक्ष राजन कुमार शाक्य र संचालन सचिव मुकेश चन्द्र राजभण्डारीले गरेका थिए ।