बागलुङ, ३० साउन ।
बागलुङको निसीखोला गाउँपालिका–३ बोहोरागाउँ धुसौलामा पहिरोले घर पुरिदा एकै परिवारका सासूबुहारीको मृत्यु भएको छ ।
निसीखोला गाउँपालिका–३ का मानबहादुर शाहीको घर बुधबार बिहान गएको पहिरोमा पुरिँदा उनकी श्रीमती ६५ वर्षीया धनकुमारी शाही र ३५ वर्षीया बुहारी डल्ली शाहीको मृत्यु भएको छ ।
विहान ६ बजे घरमाथीबाट झरेको पहिरोले घर पुरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक दीपक रेग्मीले जानकारी दिए । विहानदेखि पहिरोमा वेपत्ता भएका सासू बुहारीको दिउँसो साढे ३ बजे घरभित्रै मृत अवस्थामा फेला परेका थिए ।
घरमुली मानबहादुर शाही गोठ गएको बेला घटना भएको जनाइएको छ । घरमै रहेका बालक विदेश शाही सामान्य घाईते भएका छन् ।










