
कृष्ण संयोग
बागलुङ २५, साउन ।
दी साईनिङ डान्स ग्रूपको प्रस्तुती तथा नवगायक तथा निर्देशकको नयाँ म्युजिक भिडियो युटयुवमा रिलिज भएको छ । ‘रित यो जिवन’ बोलको गीतमा सुवास शिवकै स्वर, शब्द, संगीत र निर्देशन रहेको छ ।
गीतमा डेब्यु कलाकार जिवन परियार र मान्वी थापाको अभिनय रहेको छ । नेपाली युवाहरुको बाध्यता अहिलेको अवस्था नेपालमा रोजगार नहुनु र वैदेशिक रोजगारका लागि विदेश जानु पर्ने अवस्था छ त्यही भावलाई समेटिएर बनाईको भिडियोमा एउटा विवाहित पुरुषले आफ्नो जिवनमा आईपर्ने समस्या र आफ्नो
परिवार छोडेर विदेश जानु पर्ने समस्या र विदेश जादै गर्दा बिच बाटोमा गुन्डाहरुबाट उनको रकम खोसिनु र उनलाई मारिनुको भिडियोमा देखाईको छ ।
यसैगरि म्यूजिक भिडियोमा मुस्कान आलेमगरको छायाँकन, अन्जान आलेमगरको सम्पादन, ल.वि.पुनको संगीत संयोजन तथा भिम जेम्सको सहायक निर्देशन रहको छ ।
बागलुङको विभिन्न ठाउँमा छायाँकन गरिएको भिडियो ‘दी साईनिङ डान्स ग्रूप’को अफिसियल युटयुवबाट रिलीज गरिएको छ ।
भिडियो










