आज २०७५ श्रावण २३ गते बुधवारको राशिफल

आज २०७५ साल श्रावण २३ गते बुधवार,
तदअनुसार अगष्ट ८, २०१८
– ज्यो.प. नारायणप्रसाद दुलाल
तपाइको आज
मेष: भाग्यले विभिन्न अवसर जुराउनेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउला । पठनपाठन र प्राज्ञिक क्षेत्रबाट लाभ मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ ।
वृष: धार्मिक/सांस्कृतिक सभा–समारोहमा सरिक हुने अवसर मिल्नेछ । आँटेकोे र ताकेको कार्य पुरा हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ ।
मिथुन: शुभकार्यको चर्चा चल्नेछ । महिला वर्ग बाट विशेष सहयोग मिल्नेछ । आर्थिक क्षेत्र मजबुत हुने देखिन्छ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।
कर्कट: अरुको भलाइका लागि दौडधूप गर्नु पर्नेछ । स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ । घरायसी विवादपनि बढ्नेछ । चोटपटक लाग्न सक्नेछ ।
सिंह: लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी मध्यम खालको दिन छ । धार्मिक/सांस्कृतिक सभासमारोहमा सरिक हुने अवसर मिल्नेछ ।
कन्या: मनमा हर्ष,उमङ्ग र उत्साह छाउला । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । पाटनरसिपमा गरिएको कारोबारले राम्रो फाइदा दिनेछ ।
तुला: शुभकार्यको चर्चा चल्नेछ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । मुद्धा मामिलामा सफलता मिल्नेछ ।
वृश्चिक: लगनशीलताको कमिले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला । समय प्रतिकुल भई कुलतमा मन जानेछ । घर परिवारमा झैँ–झमेलाको अवस्था आउला ।
धनु: बोलीको भरमा कार्य सम्पादन हुनेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई विस्तारै लाभ हुनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । धार्मिक यात्राको योगछ ।
मकर: आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । भौतिक साधन जुटाउने समय छ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ ।
कुम्भ: छोटो दुरीको लाभदायक यात्रा हुनेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । राज्यबाट मानसम्मान मिल्नेछ । वाहान सुख मिल्नेछ ।
मीन: आजको दिन चुनौती र परीक्षणका रूपमा देखा परेको छ । वादविवाद, मुद्दामामिला र दैनिक काममा चुनौतीको सामना गर्नुपर्छ ।