
बिक्रम सुनार,
काठमाण्ठौ, १२ साउन ।
नेपाली नारीहरु महान चाडको रुपमा मानिने हरितालिका तीज नजिकिदैँ गर्दा बजारमा विभिन्न प्रकारका गीतहरु आएका छन । कति त आउदैँ पनि छन । देशका धेरै जसो रेकर्डिङ स्टुडियोहरु पनि निकै व्यस्त देखिन्छन, तीज गीत उत्पादन र सम्पादन गर्नका लागि । जति तीजी गीतहरु बजारमा आएता पनि तीजी गीतको महत्व बोकेर आउदैनन्, नारीको वेदना बोकेका गीतहरु आउदैनन् ।
पछिल्लो समयमा त झन तीज गीत होकि रत्यौली छुट्टयाउयन पनि कठिन पर्ने गर्दछ । तर,त्यो भ्रमलाइै चिर्दै गायन क्षेत्रमा फरक पहिचान बनाउन सफल चर्चित गायिका स्वरुपा रसाइलीको यसपालीको तीजी कोशेली फरक किसिमको मौलिक गीत “मिठो सम्झाना” बजारमा ल्याउनुभएको छ ।
बिजय कुमार सुनारको उत्कृष्ट शव्द सृजना, नेपाली संगीत क्षेत्रका हस्ती बरिष्ठ संगीतकार विवि अनुरागीको संगित संयोजनमा रहेको उक्त गीतमा गायिक स्वरुपा रसाईली र उहाँका ममतामयि माता पवित्रा रसाइलीको सुमधुर आवाज रहेको छ । जुन गीत राजधानीमा शुक्रवार विशेष कार्यक्रमका बिचमा विमोचन समेत गरिएको थियो
नेपाली हिन्दू महिलाहरूद्वारा स्वतन्त्र र आनन्दमय रूपमा मनाइने तीज अन्य धर्म र जातजातिका नेपाली महिलाहरूले पनि हर्षोल्लासका साथ मनाउने पर्व भएकाले सोही कुरालाई ध्यानमा राखी गीत बजारमा ल्याएको सुमधुर आवाजकी धनि गायिका स्वरुपा रसाईलीले बताउनुभयो । उहाँले गत वर्ष पनि मिठो बोलीले बोलको ल्याउनुभएको थियो । जुन गीत सामाजिक संजाल तथा संचारमाध्यममा अत्याधिक रुचाइएको थियो । साथै रसाईलीले अन्य गीतहरुलाई जस्तै यो तीजी कोशेलीलाई पनि माया गरि एक पटक हेर्न, सुन्न र सुझाव दिन समेत आग्रह गर्नभएको छ ।
पारिवारिक समिश्रणमा तयार भएको उक्त गीतको म्युजिक भिडियो चर्चित निर्देशक शिव विकको निर्दशन, रविन्द्र बरालको छायाङ्कन र रविन बिकको सम्पादन रहेको छ भने उषा विश्वकर्मा र शिक्षा रसाइलीको मुख्य अभिनय रहेको छ ।
भिडियोका लागिः










