सञ्चारकर्मी तथा सर्जक विश्वकर्माको मौलिक सालैजा ‘मादलु बोकेर’ बजारमा (भिडियो सहित)

बागलुङ, ३ साउन
सञ्चारकर्मी तथा सर्जक खगेन्द्र विश्वकर्माले नयाँ मौलिक सालैजो गित युट्युव च्यानल मार्फत बजारमा ल्याएका छन् ।
विश्वकर्माको जन्म गाउँमा बागलुङको ताराखोलामा छांयाङ्कन गरिएको ‘मादलु बोकेर’ गितमा चर्चित गायिका सर्मिला गुरुङ र स्वयंम खगेन्द्र विश्वकर्माको स्वर रहेको छ ।
गाउँघरको ढिकि, जाँटो, रनबन, परम्परागत पोसाक गुन्यौ चोली, देशविदेश, हाँसो आँसुलाई केलाएर विश्वकर्माले गितको शब्द लेखेका छन् । उक्त गितको लय गायक तथा संगितकार थानेश्वर गौतमको रहेको छ ।
गितमा नृत्य तथा अभिनय दिनेश रोका, प्रेम पुन, प्रेम बुढा, ईश्वर बाबू, रेशम रोका ,सुवास रोका, नेत्र घर्ती, यमुना पुन, कल्पना पुन, रेजिना हुन, सुष्मा विश्वकर्मा, आशा पुन, टीका पुन, तारा थापा लगायतले गरेका छन् । भिडियोको निर्देशन खगेन्द्र आँफैले गरेका छन्भने नृत्य निर्देशन राजकुमार अञ्जानले गरेका छन् ।
बागलुङबाट संचारक्षेत्रमा सक्रिय रहँदै आएका विश्वकर्मा पछिल्लो समय लोकगितको क्षेत्रमा पनि गायन, सर्जक, भिडियो निर्देशक, छायांकनमा पनि चर्चित हुँदै आएका छन् ।
भिडियो