
केपि कुमार जलन
बागलुङ, ३ साउन ।
हरितालीका तिज नजिकिदै गर्दा तिजका गितहरू बजारमा दैनिक सार्वजानिक भएका छन । यहि मौका छोपी म्याग्दी जिल्लाको ज्यामरूककोट मा जन्मियका गायक रमेश विक्रम रत्नले यश बर्षको हरितालिका तिजको अवसर पारेर निकै मिठो तिजगित छम छम नाचना तिजैमा बजारमा ल्यायका छन ।
दर्जानौ गितहरू बजारमा सार्वजानिक गरि सकेका गायक रमेश विक्रम रत्नले हरेक बर्षका तिजहरूमा निकै मिठा मिठा तिजगितहरू बजारमा पस्किरहेका छन् । ६० भन्दा वढि गितहरू आफ्नै सुजनमा बजारमा उपलव्ध छन् । लामो समयसम्म गित संगितमा लागेका रमेश मिडियावाट पछि परेका छन । यसोत उनले हरेक बर्षका तिजमा निकै मौलिकपन दिने गरेका छन् । यस बर्ष बजारमा उपलव्ध भएको गितको लय शब्द गायक रत्नले गरेका हुनभने उनलाइ सुमधर स्वरकी धनि लक्ष्मि परियारले साथ दिएकी छिन । चर्चित मोडल ऋचा थापा र पि,एन सापकोटाको वबाल नृत्य रहेको यस गितको निर्देशन एकिन्द्र सारा शंकर र छांयाङकन करन चैसियरले गरेका छन ।
भिडियो










