
बागलुङ, २ साउन ।
नेपाली नारिहरुको महानपर्व हरितालीका तिज नजिकिना अझै १ महिना बाँकी रहँदा नेपाली बजारमा तिजी गितहरु बजारमा आउने क्रम बढि रहेको छ ।
बागलुङमा जन्मिएर लोकदोहोरी गायकको रुपमा चर्चित हुना सफल गायक गणेश पौडेलले “ग्याँदीको अग्लो पुल” बोलको तिजी गित बजारमा ल्याएका छन् ।
तिज गितको मौलिकता झल्काउने प्राय कमै गितहरू बजारमा सार्वजानिक हुने क्रममा गायक पौडेलले विगतका वर्षमा जस्तै यस वर्ष पनि निकै फरकपन बोकेको र तिजको मौलिकता झल्काउने गित बजारमा ल्याएका छन् ।
दोहोरी गायक तेजेश रेग्मीको लय र शब्द सृजना रहेको उक्त गितमा गायक पौडेललाई गायिका सम्झना भण्डारीले आवाजमा साथ दिएकी छिन् ।
उक्त गितमा मोडल अञ्चली अधिकारी र ओवी रायमाझीले कम्मर मर्काएका छन् ।
भिडियो










