दुई हेड गोल गर्दै इङ्ल्याण्ड सेमिफाइनलमा प्रवेश

21

एजेन्सी ।
इङ्ल्याण्ड रुसमा जारी फिफा विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । विश्वकप अन्तर्गत शनिबार भएको तेस्रो क्वार्टरफाईनलमा स्विडेनलाई २ – ० गोल अन्तरले हराउदै इङ्ल्याण्डले अन्तिम चारको यात्रा तय गरेको हो ।
समरा स्टेडियममा इङ्ल्याण्डलाई जित दिलाउन ह्यारी मगुइरे र डेली अलीले समान एक-एक गोल गरे । इङ्ल्याण्डले दुवै हाफमा समान एक एक गोल गरेको थियो ।
खेलको ३० औ मिनेटमा ह्यारी मगुइरेले हेडमार्फत गोल गर्दै इङ्ल्याण्डलाई सुरुवाती अग्रता दिलाए । पहिलो हाफमा १ – ० ले अघि रहेको इङ्ल्याण्डले दोस्रो हाफमा थप एक गोल गर्यो । खेलको ५९ औं मिनेटमा डेली अलीले गोल गर्दै इङ्ल्याण्डलाई २–० को जित दिलाए ।
इङ्ल्याण्डले कोलम्बिया र स्विडेन र स्विजरल्याण्डलाई हराउदै अन्तिम ८ मा स्थान बनाएका थिए ।
अब इङ्ल्याण्डले फाइनल प्रवेशको लागि रुस र क्रोएसियाबीचको बिजेतासंग खेल्ने छ ।
यस्तै पहिलो र दोस्रो क्वाटरफाईनल खेलमा फ्रान्स र बेल्जियमले जित हातपार्दै सेमिफाईनलमा प्रवेश गरिसकेका छन् । फ्रान्सले उरुग्वेलाई २–० र बेल्जियमले ब्राजिललाई २–१ गोलअन्तरले पराजित गर्दै सेमिफाईनलको यात्रा तय गरेका थिए ।

२०७५ असार २३ गते प्रकाशित