बागलुङ्गे सर्जक बोहोराको ‘तिमी विना यो संसार’ बजारमा

208

केपी कुमार जलन
वम र वारूद संगै लुकामारी गर्दे राईफललाई संगिन वनाई नेपाली गित संगितमा होमिएका सर्जक नरेश वोहराको लोक दोहोरी गित ‘तिमी विना यो संसार’ वजारमा आएको छ, बागलुङ जिल्लाको रायडाडामा जन्मि विगत ८ बर्ष देखि भारतिय सेनामा कार्यरत रहेका वोहराले दर्जानौ गितहरू बजारमा ल्याई सकेका छन । मिलनशार र मेहनती समेत रहेका सर्जक वोहराको सृजनमा रहेका गितहरू म्युजिक अवार्डमा परि सकेका पनि छन् ।
तिम्रै नाममा मुटु र धडकन
तर मलाई न पारे तडपन
तिमी बिना यो सन्सार शन्यू लाग्छ कान्छू
तिम्रो लागि जन्मेको मान्छे म सगै मरम भनेनी मान्छु ,
सबथोक तिमिलाई रोजि छु म त तिम्रै मायाको भोगी छु,
लैजाउ लैजाउ जहाँ जान्छौ म पनि तेहि जान्छु जान्छु,
तिम्रो लागि जन्मेको मान्छे सगै मरम भनेनी मान्छु
यसरी माया प्रेमको एक अन्तरंग लाई समेटी तयार पारीएको गित AR Creation को पस्तुतिमा बजारमा सार्वजानिक भएको छ । सर्जक नरेश वोहराको शब्द लय र सुर्य खडका र सीता परियारको आवज रहेको उक्त गितमा ज्ञानु भाइ र नानू देवकोटाले मोडलिङ गरेका छन् ।
भिडियो
https://www.youtube.com/watch?v=Ujp9z6qkTng&feature=youtu.be

२०७५ असार ६ गते प्रकाशित