आज २०७५ असार ४ गतेको राशिफल

77

आज २०७५ साल असार ४ गते सोमवार,
तदअनुसार जून १८, २०१८
– ज्यो.प. नारायणप्रसाद दुलाल
तपाइको आज
मेष :सामाजिक तथा धार्मिक कार्यमा रुची वढ्नेछ । वैदेशिक क्षेत्रको लगानी लाभदायक हुनेछ । शिक्षामा सफलता मिल्ला । शुभ समाचार सुन्न पाइएला ।
बृष : चुनौतीको सामना गर्नुपर्ला । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । मन खिन्न हुने स्थिति आउनेछ । बन्न लागेको काम विग्रनेछ ।
मिथुन : कला र गलाको प्रभाव बढ्नेछ । अचल सम्पत्ती हात पर्ने योगछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।
कर्कट : बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्नेछ । अतिथिको रूपमा सत्कार पाइएला । आफन्तको सहयोग प्राप्त हुनेछ ।
सिंह :लगनशीलताले कामहरु अगाडी बढ्नेछन । कूटनीतिक नियोगको सहयोग मिल्ला । व्यापार व्यवसायमा औसत लाभ हुनेछ ।
कन्या : अनावश्यक ठाउँमा धन खर्च होला । आफ्नो विचार विपरित निर्णय हुनेछ । कामहरु अधुरै रहलान् । वैदेशिक क्षेत्र कमजोर रहला ।
तुला : राजनीति अधिकारमा सफलता मिल्नेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । वित्तिय संस्था बाट सहयोग पाईनेछ ।
वृश्चिक : लगानीको वातावरण बन्नेछ । मुद्धा मामिलामा सफलता पाईनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ ।
धनु : अरुलाई प्रभावित पारेर काम बन्नेछ । कार्य क्षेत्रमा प्रगति हुनेछ । बन्धु बान्धव बाट सहयोग मिल्नेछ । धार्मिक यात्राको योगछ ।
मकर :अनावश्यक धन खर्च हुनेछ । आफूलाई कमजोर भएको अनुभूतिहुनेछ । मनमा सङ्का उत्पन्न हुनेछ । विचार पुर्याएर निर्णय लिनु राम्रो होला ।
कुम्भ : सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । महिला वा मित्र बाट विशेष सहयोग मिल्नेछ । स्वास्थ्यमा सुधार आउला । प्रेमीको सहयोग प्राप्त हुनेछ ।
मीन : नयाँ कामको थालनी हुनेछ । वैदेशिक कार्य अघी बढ्नेछ । बित्तिय संस्था बाट सहयोग पाईनेछ । आँटेकोे र ताकेको कार्य पुरा होला ।

 

 

www.hamropatro.com