र्ने मानिसको इच्छा पूरा गर्नु हरेक परिवारको भावनात्मक जिम्मेवारी हुन्छ । यदि कोही व्यक्तिले पत्रमा यस्तो लेखेर गए भने जुनसुकै परिवारलाई पनि हैरानी हुनेगर्दछ । हो, चीनको हुवई प्रान्तको बाओडिङ शहरका स्थायी एक व्यक्तिको परिवारसँग यस्तै भयो । एक खबरका अनुसार, यी व्यक्तिले आफ्नो लास कुनै ताबुतमा नभएर आफने प्रिय कारमा आपूmलाई गाडियोस् भनेर अन्तिम इच्छा राखेका थिए ।

उनले जस्तो पत्र लेखेका थिए उनका परिवारले उनले भनेकोजस्तै गरे । अन्तिम क्रियाको भिडियो सामाजिक सञ्जालमा एकदमै भाइरल भएको छ । यी व्यक्तिलाई चाँदी रंगको हुण्डाई सोनाटा कारको भित्र राखेर गाडिएको छ । उनलाई लास गाड्ने ठाउँमा लगेर कारमा हालेर गाडियो । ती मृतक युवाअवस्थादेखि नै कारको शौकिन थिए भन्ने गरिन्छ ।

२०७५ असार १ गते प्रकाशित