२०१८ विश्वकपका कान्छा र पाका खेलाडी यी हुन्

43

मस्को, ३० जेठ ।
इजिप्टका गोलकिपर इसाम इल हडारी २०१८ फिफा विश्वकपका लागि राष्ट्रिय टिममा परेका सवैभन्दा पाका खेलाडी हुन् । उनी हाल ४५ वर्ष ६ महिनाका भए । यदि उनले रसियामा मैदान उत्रने मौका पाए उनले बढी उमेरमा विश्वकप खेलेर रेकर्ड बनाउनेछन् । यसअघि विश्वकप खेल्ने पाका खेलाडी कोलम्बियाका गोलकिपर फार्यड मोन्ड्रागोन हुन् । उनी गत संस्करणको विश्वकप खेल्दा ४३ वर्षका थिए ।

हडारी इजिप्टका कप्तान समेत हुन् । उनले १९९६ मा राष्ट्रिय टिममा डेब्यु गरेका थिए । २२ वर्ष राष्ट्रिय टिमबाट खेलिसकेका उनले १ सय ५८ खेल खेलेका छन् ।

रसिया विश्वकपका सवैभन्दा कान्छा खेलाडी अस्ट्रेलियाका विंगर ड्यानियल अर्जानी हुन् । उनी १९ वर्ष पाँच महिनाका भए । यहि वर्ष राष्ट्रिय टिममा डेब्यू गरेका उनले २ क्याप जितेका छन्  । उनले २०१६ देखि मेलवर्न सिटीबाट व्यसायिक खेल खेल्दै आएका छन् ।

रसिया विश्वकपका ७  सय ३६ खेलाडीको औषत उमेर २८ वर्ष छ। जुन विश्वकप इतिहासकै बढी हो ।