आज २०७४ फागुन २ गते बुधवारको राशिफल

68

आज २०७४ साल फागुन २ गते बुधवार,
तदअनुसार फेब्रुअरी १४, २०१८
– ज्यो.प. नारायणप्रसाद दुलाल
तपाइको आज
मेष : प्रेम प्रसङ्गका लागि श्रेष्ठ समय रहेकोछ अतःप्रेममा सफलता प्राप्तिको योग छ ।
बृष : टाढिएका मित्रसँग नजिकिने समय छ । प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेकोछ ।
मिथुन : मित्रसँगको सम्बन्धमा उल्झन आउनुका साथै प्रेमी/प्रेमिकाका बिच खिन्नता बढ्नेछ ।
कर्कट : प्रेम र मित्रताको बन्धन कसिनेछ । दाम्पत्य जीवनमा मधुरता छाउनेछ ।
सिंह : प्रेमी/प्रेमिकाका घर परिवार बाट केहि अफ्ठ्यारा परिस्थितीहरु सिर्जना हुनेछ ।
कन्या : प्रेमी/प्रेमिकाका बिच सामिप्यता बढ्नुका साथै दाम्पत्य सुखमा रमाउने समय छ ।
तुला : प्रेमी सङ्ग रमणीय र सुखद यात्राको योग रहेको छ । प्रेममा सफलता मिल्नेछ ।
वृश्चिक : जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्नेछ ।
धनु : प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि समय राम्रो छैन प्रेममा धोका मिल्नेछ ।
मकर : प्रणयप्रसङ्गमा नयाँ जोडी सङ्ग रमणीय र सुखद यात्राको योग रहेको छ ।
कुम्भ : प्रेमी/प्रेमिकाका बिच केहि अफ्ठ्यारो परिस्थितीहरु सिर्जना हुनेछ ।
मीन : प्रेम र मित्रताको बन्धन गाढा हुँदै जानेछ । दाम्पत्य सुखले मन प्रफुल्लित हुनेछ ।

 

hamropatro.com