हेमन्तको गीतमा सुरज र प्रियंकाको प्रेम (भिडियो)

39

काठमाडौं, २९ माघ ।
लोकप्रिय गायक हेमन्त शर्माको नयाँ गीत सार्वजनिक भएको छ । शर्माले ‘कुसुम’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरेका हुन् ।
शुक्रबार सार्वजनिक गरिएको गीत लेख कार्कीले लेखेका हुन् । बि.बि. अनुरागीको संगीत छ । यस्तै गितार सन्जिब बराइली, मादल खडग बुढा रहेका छन् ।
गीतको भिडियोमा अभिनेता सुरज सिंह ठकुरी र नायिका प्रियंका कार्की देखिएका छन् । प्रियंकालाई भिडियोमा ‘कुसुम’ पात्रका रुपमा उतारिएको छ । ईश्वर काफ्लेको प्रस्तुतीमा बनेको गीतको भिडियोलाई निकेश खड्काले निर्देशन गरेका छन् ।
भिडियो