भीमापोखरामा दुई दिने कृषि मेला प्रदर्शन सकियो

85

बागलुङ, २० माघ
बागलुङको काठेखोला गाउँपालिका–२, भीमापोखरामा शुक्रबारदेखि सुरु भएको २ दिने कृषिमेला प्रदर्शनी तथा निःशुल्क पशु स्वास्थ्य शिविर शनिबार सम्पन्न भएको छ ।
सिम्रिक कृषि तथा पशु व्यवसायिक सहकारी संस्था लिमिटेडको आयोजना तथा काठेखोला गाउँपालिका र काठेखोला गाउँपालिका–२ भीमापोखराको सहआयोजनामा सम्पन्न भएको उक्त प्रदर्शनमा बोल्दै गाउँपालिकाका अध्यक्ष अम्मर बहादुर थापाले प्रदर्शनीले कृषकहरुलाई थप हौसला प्रदान हुने बताए ।
उनले कृषकहरुलाई हौसला प्रदान गर्ने र कृषि मार्फत आर्थिक विकास गर्न सकिने प्रमाणित गर्नको लागि प्रदर्शनीहरुले ठूलो सहयोग पुग्ने बताएका थिए ।
कार्यक्रममा सिम्रिक कृषि तथा पशु व्यवसायीक सहकारीका संरक्षक मणिभद्र शर्मा, काठेखोला गाउँपालिका–२ का वार्ड अध्यक्ष विद्यापति शर्मा, ८ की अध्यक्ष चित्रकला छन्त्याल, जिल्ला सहकारी संघका सदस्य खिम बहादुर कार्की, रेडक्रस सोसाईटी बागलुङ शाखाका सहकोषाध्यक्ष जिवननाथ शर्मा, पशु सेवा कार्यालय विहुँ सेवा केन्द्रका प्रमुख रामकृष्ण सुवेदी, कृषि सेवा केन्द्र विहुँकी प्रमुख भिमा राई, नेकपा एमाले भीमापोखराका सचिव नारायणदत्ता रेग्मी, माओवादीका गोविन्द्र केसी, लाल बहादुर हरिजन, सहकारीकर्मी राजु गौतम, कृषकहरु भिम बहादुर केसी र याम बहादुर केसीले बोलेका थिए ।
कृषि प्रदर्शनी काठेखोला गाउँपालिका–२ भीमापोखरा र बा.न.पा.–७ तितौरेका १ सय ३३ जना कृषकहरुले उत्पादन गरेका कृषि सामाग्रिहरु प्रदर्शनी गरिएको थियो । उक्त अवसरमा उत्कृष्ट कृषि बस्तुहरुलाई पुरस्कृत गरिएको थियो । निःशुल्क पशु स्वास्थ्य शिविरमा ४ सय ८५ पशुहरुको उपचार गरिएको थियो ।
यस्तै उक्त अवसरमा आयोजना गरिएको आधारभुत विद्यालय स्तरिय चित्र कला प्रदर्शनीमा जनकल्याण मावि भीमापोखरा प्रथम, शिवालय आधारभुत विद्यालय भीमापोखरा द्धितिय र तितौरे मावि तितौरे तृतीय भएका थिएभने एकल चित्रकला प्रदर्शनीमा मुन्द्रदेव आधारभुत विद्यालयकी पोषमिता थापा प्रथम र शिवालय आधारभुत माविका सन्दीप विक द्धितिय भएका थिए । यस्तै टोल स्तरिय भजन प्रतियोजनामा हातेमालो महिला समुह प्रथम, एकता महिला समुह द्धितिय र शिवालय महिला समुह तृतीय र परिवर्तन महिला समुह र गणेश महिला समुह सान्तोना भएका थिए ।
सहकारीका अध्यक्ष लोकेन्द्र पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको स्वागत उपाध्यक्ष धन बहादुर कार्की र संचालन सचिव चुडामणि उपाध्यायले गरेका थिए ।