आज २०७४ माघ १६ गते मंगलवारको राशिफल

35

आज २०७४ साल माघ १६ गते मंगलवार,
तदअनुसार जनवरी ३०, २०१८
– ज्यो.प. नारायणप्रसाद दुलाल
तपाइको आज
मेष : आकस्मिक धन लाभ हुनेछ । धार्मिक कार्यमा रुचि बढ्नेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ ।
बृष : सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । आँटेकोे र ताकेको कार्य पुरा होला । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।
मिथुन : रोजगारको अवसर मिलनेछ । महिला वा मित्र बाट विशेष सहयोग मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ ।
कर्कट : गरेको कार्यमा ढिलासुस्ती हुनेछ । स्वास्थ्यमा पेट सम्बधी समस्या आउला । घरायसी झमेलामा परिएला ।
सिंह : प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेकोछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । भूमि लाभ रहला ।
कन्या : न्यायिक कार्यमा सफलता मिल्नेछ । बैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । सामाजिक कार्यमा रुची बढ्नेछ ।
तुला : भाग्यले विभिन्न अवसर जुराउनेछ । दाम्पत्य सम्बन्धमा सुमधुरताको प्राप्ति हुनेछ । शुभकार्यको चर्चा चल्नेछ ।
वृश्चिक : मनमा निरासा र शरीरमा आलस्य आउला । कामहरु अधुरै रहलान् । आँटेको काम विग्रिएला ।
धनु : शुभकार्यको चर्चा चल्नेछ । कूटनीतिक नियोगको सहयोग मिल्ला । श्रमको उचित मुल्याङ्कन हुनेछ ।
मकर : कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । बैदेशिक कार्य अघी बढ्नेछ । सामाजिक कार्यमा मन जानेछ ।
कुम्भ : बैदेशिक क्षेत्र बाट सफलता मिल्नेछ । राज्य बाट मान सम्मान पाइनेछ । शुभकार्यको चर्चा चल्नेछ ।
मीन : प्रेमी/प्रेमिकाका बिच खिन्नता बढ्नेछ । महत्वपूर्ण अवसर गुम्न सक्नेछ । बोलीको विपरीत अर्थ लाग्न सक्छ संयम रहनु होला ।