आज २०७४ माघ ४ गते बिहिवारको राशिफल

31

आज २०७४ साल माघ ४ गते बिहिवार
तदअनुसार जनवरी १८, २०१८
– ज्यो.प. नारायणप्रसाद दुलाल
तपाइको आज
मेष : छोटो दुरीको लाभदायक यात्रा हुनेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । बन्धु बान्धव बाट सहयोग मिल्नेछ ।
बृष : पठनपाठनमा प्रगती हुनेछ । नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । व्यापार व्यवसायमा लाभ हुनेछ ।
मिथुन : व्यसायबाट लाभ मिल्नेछ । बैदेशिक क्षेत्र बाट सफलता मिल्नेछ । विद्या र बुद्धिको विकास हुनेछ ।
कर्कट : नयाँ व्यक्ति संग भेटघाट हुने समय छ । साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला । प्यारोसाथी संग भेट होला ।
सिंह : यात्रामा सावधानी अपनाउनु पर्नेछ । घर व्यवहारको समस्याले सताउनेछ । मनमा सङ्का उत्पन्न हुनेछ ।
कन्या : बैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । वाहान लाभ हुने समय छ ।
तुला : नयाँ कमको थालनी हुनेछ । बन्धु बान्धव बाट सहयोग मिल्नेछ । सांगितीक क्षेत्रमा रुची बढ्नेछ ।
वृश्चिक : शुभकार्यको चर्चा चल्नेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ ।
धनु : प्रेममा मनमुटाव आउला । कार्य सम्पादनमा समस्या आउला । अधिकार प्रातिका लागि संघर्श गर्नु पर्ला ।
मकर : महिला वा मित्र बाट विशेष सहयोग मिल्नेछ । सेमिनारमा सहभागी भईएला । नयाँ कामको योजना बन्नेछ ।
कुम्भ : कला र गलाको प्रभाव बढ्नेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । प्रेम प्रस्ताव आउला ।
मीन : राजननितक कार्यमा सफलता मिल्नेछ । धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन् । प्रेमीको सहयोग पाईनेछ ।