आज २०७४ माघ ३ गते बुधवारको राशिफल

44

आज २०७४ साल माघ ३ गते बुधवार,
तदअनुसार जनवरी १७, २०१८
ज्यो.प. नारायणप्रसाद दुलाल
तपाइको आज
मेष : छोटो दुरीको लाभदायक यात्रा हुनेछ । कार्यमा सफलता पाइएला । बौद्धिक कार्यमा सफलता मिल्नेछ ।
बृष : व्यापार व्यवसायमा फाईदा होला । साझेदारीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ । नयाँ कार्यको योजना बन्नेछ ।
मिथुन : जोश जाँगर र हिम्मत बढ्नेछ । प्रेमीको सहयोग पाईनेछ । बैदेशिक क्षेत्रको काम अघी बढ्नेछ ।
कर्कट : सौन्दर्यतामा धन खर्च हुनेछ । बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ । आर्थिक सङ्कटमा परिएला ।
सिंह : नयाँ व्यक्ति संग भेटघाट हुनेछ । धार्मिक कार्यमा रुचि बढ्नेछ । अरुको मन जित्न सकिनेछ ।
कन्या : मन खिन्न हुने स्थिति आउनेछ । आर्थिक कारोवारमा मन्दी आउनेछ । महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला ।
तुला : साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । व्यापार व्यवसायमा लाभ होला । बिना प्रतिस्पर्धा फाइदा हुने योग छ ।
वृश्चिक : घरायसी झमेलामा परिएला । आर्थिक कारोवारमा मन्दी आउनेछ । सामान हराउने वा नष्ट हुन सक्नेछ ।
धनु : बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । चुनौतीको सामना गर्नुपर्ला । व्यस्तता बढ्नेछ ।
मकर : शुभकार्यको चर्चा चल्नेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । नयाँ कार्यको योजना बन्नेछ ।
कुम्भ : रमाइलो यात्राको योग रहेको छ । शुभ समाचार सुन्न पाइएला । स्वादिष्ट भोजन पाईनेछ ।
मीन : राजनैतिक कार्यमा सफलता मिल्नेछ । जोश जाँगर र हिम्मत वढ्नेछ । कार्यमा सफलता पाईनेछ ।

hamroparto.com