आज २०७४ माघ १ गते सोमवारको राशिफल

35

आज २०७४ साल माघ १ गते सोमवार,
तदअनुसार जनवरी १५, २०१८
ज्यो.प. नारायणप्रसाद दुलाल
तपाइको आज
मेष : धर्म,कर्म तथा समाजसेवामा मनलाग्नेछ । नयाँ कार्यको थालनी हुनेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ ।
बृष : परिवारमा सुख सन्तोष छाउला । ठुला व्यक्तिले तपाइको मेहनतको प्रसंसा गर्नेछन् । आकस्मिक धन लाभ हुनेछ ।
मिथुन : प्रेमी/प्रेमिकाका बिच खिन्नता बढ्नेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ । अधिकार प्रातिका लागि संघर्श गर्नु पर्ला ।
कर्कट : विद्यामा सफलता पाइनेछ । नयाँ कार्यको योजना बन्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।
सिंह : प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । लाभदायक यात्रा रहला ।
कन्या : अतिथिको रूपमा सत्कार पाइएला । आफन्तको सहयोग प्राप्त हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।
तुला : रमाइलो यात्राको योग रहेको छ । सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । बैदेशिक क्षेत्र बाट सफलता मिल्नेछ ।
वृश्चिक : बैदेशिक क्षेत्र बाट सफलता मिल्नेछ । अनावश्यक धन खर्च हुनेछ । सामान हराउने वा नष्ट हुन सक्नेछ ।
धनु : प्रेममा मधुरता छाउनेछ । बोलीको प्रभाव पनि बढ्नेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ ।
मकर : शुभकायको चर्चा चल्नेछ । जोश जाँगर र हिम्मत वढ्नेछ । बिना प्रतिस्पर्धा फाइदा हुने योग छ ।
कुम्भ : गरेको कार्यमा सफलता पाईनेछ । साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।
मीन : पारिवारिक सद्भाव बढ्नेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । दैनिक कार्यमा प्रगती हुनेछ ।