
आज २०७४ साल पौष २४ गते सोमवार,
तदअनुसार जनवरी ८, २०१८
ज्यो. प .नारायणप्रसाद दुलाल
तपाइको आज
मेष : प्रतिकूल समयले घेरेको छ, संयम रहनु होला । अधिकार प्रातिका लागि संघर्ष गर्नु पर्ला ।
बृष : धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन् । न्यायिक कार्यमा सफलता मिल्नेछ । कला र गलाको प्रभाव बढ्नेछ ।
मिथुन : नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धार्मिक कार्यमा रुची बढ्नेछ । बन्धु बान्धव बाट सहयोग मिल्नेछ ।
कर्कट : कार्य सम्पादनमा सहजता मिल्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ ।
सिंह : बन्न लागेको काम विग्रिनेछ । सामान हराउने वा नष्ट हुने योग छ । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ ।
कन्या : साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । शुभ समाचार सुन्न पाइएला ।
तुला : विद्या र बुद्धिको विकास हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ ।
वृश्चिक : प्रेमी/प्रेमिकाका बिच खिन्नता बढ्नेछ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला ।
धनु : श्रमको उचित मुल्याङ्कन हुनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । आँटेकोे र ताकेको कार्य पुरा होला ।
मकर : धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । बैदेशिक कार्य अघि बढ्नेछ ।
कुम्भ : गरेका काममा ढिलासुस्ती हुनेछ । घर परिवारमा झै–झमेलाको अवस्था आउला । कारोवारमा मन्दी आउनेछ ।
मीन : विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । मनोरञ्जनमा सहभागीता भइएला । दिनको उत्तरार्ध सुखद रहनेछ ।










