आज २०७४ पौष २० गते बिहिवारको राशिफल

आज २०७४ साल पौष २० गते बिहिवार,
तदअनुसार जनवरी ४, २०१८
– ज्यो.प. नारायणप्रसाद दुलाल
तपाइको आज
मेष : अरुलाई प्रभावित पारेर काम बन्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउला । प्रेममा मधुरता छाउनेछ ।
बृष : सामाजिक,धार्मिक कार्यमा रुचि बढ्नेछ । धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन् । धर्म,कर्ममा रुचि बढ्नेछ ।
मिथुन : अनावश्यक झमेलामा परिएला । राजनैतिक कार्यमा बाधा आउनेछ । महत्वपूर्ण अवसर गुम्न सक्नेछ ।
कर्कट : नजिकको मित्रसँग भेटघाट हुनेछ । चिन्ता छाडेर चिन्तन गर्ने समयछ । शुभ समाचार सुन्न पाइएला ।
सिंह : सरकारी निकाएको भय रहला । लाभदायक यात्रा होला । प्रेममा मनमुटावका साथै मन कमजोर रहला ।
कन्या : शुभ समाचार सुन्न पाईएला । राजननितक कार्यमा सफलता मिल्नेछ । रोमाञ्चक यात्रा होला ।
तुला : पठनपाठनमा प्रगती हुनेछ । बैदेशिक क्षेत्र बाट सफलता मिल्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ ।
वृश्चिक : राजनीतिक कार्यमा सफलता मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । मान प्रतिष्ठामा बृद्धि होला ।
धनु : कूटनीतिक नियोगको सहयोग मिल्ला । बिना प्रतिस्पर्धा फाइदा हुने योग छ । पारिवार संग रमाइलो भेटघाट हुनेछ ।
मकर : ब्यापार ब्यबसायबाट आम्दानी हुनेछ । कला र गलाको प्रभाव बढ्नेछ । शुभ समाचार सुन्न पाईएला ।
कुम्भ : बौद्धिक कार्यमा सफलता मिल्नेछ । प्रेमी प्रेमिकाका बिच खिन्नता बढ्नेछ । चुनौतीको सामना गर्नुपर्ला ।
मीन : आफन्तको सहयोग प्राप्त हुनेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । बिश्वास गरेकाले साथ दिनेछन् ।