
रामु शर्मा ‘सोम’
बिकास र सम्बृद्दिमा बिश्वसमुदायले निकै फड्को मारिसकेको छ,प्रबिधि,सुचना,दैनिक कामकारबाही तथा स्वास्थ्य र सरसफाइमा पनि निकै प्रबिधिको फड्को मारेको पाइन्छ,यसैक्रममा स्वास्थ्यमा प्रतिकुल असल पार्ने तथा बाताबरणलाई पनि असर पार्ने फोहोरलाई ब्यबस्थित गर्नको लागी पनि बिभिन्न प्रबिधिको बिकाश र प्रयोग गरेर उक्त फोहोरहरुलाई ब्यबस्थापन गरिन्छ,अब कुरा गरौ फोहोरको एउटा प्रमुख श्रोत “धुलो” को बारेमा, धुलो त्यस्तो फोहोर हो जस्ले बाताबरणलाई असन्तुलित र कुरुप बनाउने गर्छ, यस्को प्रभाब टाढा टाढासम्म पनि पर्ने गर्छ, झन मानबिय स्वास्थ्यको लागी त धुलो रोगको प्रमुख कारकको रुपमा लिने गरिन्छ । धौलागिरी अन्चल अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट सागर राजभन्डारिका अनुसार धुलो यस्तो चिज हो जस्ले कुनै एकमात्र हैन हरेक रोग निम्त्याउने गर्छ,यस्को कारणले “COPD” नामक रोगको सिकार हुन सक्छ, मुटु, फोक्सो, छाति, एलर्जि, स्यांस्यां हुने रोग, छाला सम्बन्धी रोग पनि लाग्न सक्छ र हामिले खाने खाजा ,खाना, तरकारि, अझ पानीपुरी र चटपटेमा त अधिक धुलो हुने गर्छ र त्यो खाना मानिसको शरिरमा जाने हुनाले यस्ले गर्दा मानिबिय शरिरलाई बिषको जस्तै असर गर्न पनि सक्छ, जस्ले गर्दा मान्छेलाई अनेक थरी रोगले समात्न सक्छ, धुलाम्य बातावरण नै नेपालिको औसत आयु कमी रहेको छ,“
धुलोले गर्दा वातावरणमा कुरुपता ल्याउनुका साथै खानपान्, हिंड्डुल,सहज जिबनयापनमा पनि असहज बनाइरहेको हुन्छ, बाटो छेवैमा राखेको पसल होस या बाटोमा हिंडडुल गर्ने पैदलयात्री हरेकलाई असर पारिरहेको हुन्छ, अब हामी हाम्रै शहर बाग्लुङको बारेमा कुरा गरौं,सायद बाग्लुङ्मा बस्ने हरेक ब्यक्तिलाई यो राम्रोसंग नै ज्ञान छ कि बाग्लुङमा धुलोको कत्तिको शिकार हुनुपर्छ भन्ने,सुकिलो मुकिलो भएर बाहिर हिंडेको मान्छे बाहिर गएर आउंदा धुलाम्यको साथमा घर या कोठामा फर्किनुपर्ने तितो यथार्थमा हरेक बागलुङ्बासिको सहमत नै छ, बाग्लुङ बजारको मेनरोड भनेर चिनिने नयाँ हुलाक चोक देखी जिपपार्कसम्म धुलोको बहाव निकै देखिन्छ, उपल्लाचौरको साइडमा पनि अति नै धुलोको सिकार हुनुपर्छ, हुन त धुलो नहुने ठाउं कहाँ नै होला र तैपनी सामान्य र अति धुलो उढ्ने ठाउं फरक फरक छन्, जहाँ जहाँ सबारीसाधन ब्यापक गुड्ने गर्छन त्यहाँ अरु ठाउंको भन्दा बढी नै धुलो उढ्ने गर्छ,यसर्थमा हेर्दा,पुरानो बस्पार्क एरिया, नयाँ बस्पार्क एरिया,सिवधारा चोकको एरिया,जिपपार्क देखी नयाँ अदालत चोकको बाटो,उपल्लाचौरको एरिया,क्याम्पसको गेट वरपरको एरिया र त्यहाँबाट कर कार्यालयसम्म जाने बाटोको एरिया, सिवधाराबाट रातामाटा जाने बाटो, देउराली चोकको एरिया अधिक धुलो उड्ने एरियामा पर्ने गर्छन्, यसबाटोमा हिंड्ने र पसल गर्ने जो कोहिलाई पनि धुलोले निकै सास्ती दिइरहेको छ, र यसवरपर डेरामा बस्ने डेरावालालाइ पनि त्यो धुलोको असरले कोठामा नै असर पार्ने गरेको बताउने गर्छन,यसै अबसरमा मैले बाग्लुङ्बासी केहि ब्यक्तिलाई यस्को प्रभावको बारेमा सोधेको थिएं,उहांहरुको धारणा यस्तो पाइयो ः
ढिकिचौरबाट आइ बाग्लुङ बजारको शिबधाराचोकमा डेरा लिएर बसेका प्रकाश गैरे ः धुलोले गर्दा एक्दमै सास्ती बेहोर्नुपरेको छ, कोठा संधै धुलाम्य हुन्छ, सफा गरेर राखेको कपडा, भांडा पनि फोहोर भैहाल्छन,शरिर पनि दिनहुं धुलाम्य हुन्छ,हरेक दिन सफा गरौ भने फेरी पानीको पनि अभाव रहेको छ, तसर्थ धुलोमा नै बस्न,खान बाध्य छौं, स्वास्थ्यमा पार्ने प्रभाबको त झनै कुरै नगरौं ।
जिपपार्कस्थित मधुर खाजा घरका सन्चालक गोकुल शर्मा ः सडकमा उड्ने धुलोले निकै सास्ती बनाएको छ, मिठाइ तथा खाजाका परिकारमा प्रभाब पारेकै हुन्छ,तैपनी हामिले सक्भर कम प्रभाब होस भनेर सिसा भित्र राख्ने गर्छौं तर पुर्ण रुपमा त कहाँबाट सफा राख्न सकिन्छ र,समय समयमा टेबल कुर्ची सफा गरिरहनुपर्छ,कहिलेकाहिं ग्राहकहरुले कस्तो धुलो रैछ भन्छन, धुलोले गर्दा त मलाई मात्र हैन बाग्लुङ्का हरेक ब्यापारिको ब्यापारमा प्रत्यक्ष प्रभाव पारेको छ तर के गर्नु यस्को उपाय नै छैन, सम्बन्धित निकाय मौन छ .
हल्लनचोकस्थित खुशी सपिङ सेन्टरका प्रोप्राइटर जिबन गौतम ः धुलो त दिनु सास्ती दिएको छ नि, आफुं पनि बेला बेलामा बिरामी हुने गर्छु,कपडाको त कुरै नगरौं,धुलोले गर्दा नयाँ कपडा पनि पुरानो जस्तो देखिन्छ, ग्राहकले मन पारेको कपडा धुलो भयो भने लाग्दैनन त्यसैले सरसफाइमा अत्यन्त चनाखो रहनुपर्छ यस्तो पसललाइ त,नत्र कपडा जोगाउनै मुस्किल हुने गर्छ ।
हस्पिटल रोडमा सन्चो मेडिकल नामको औषधी ब्यबसाय सन्चालन गरेर बस्नुभएका खगेश्वर पौडेल ः धुलोले गर्दा पसल मा बस्न पनि सकिंदैन कहिलेकाहिं त, दिनहुं नुहाएर आयपनी बेलुका शरिर र कपडा उस्तै धुलाम्य हुन्छन ,अरुको रोगको निधानको औषधी दिन्छे मान्छे कहिले काहिं धुलोको कारणले आंफै बिरामी हुने गर्छु ।
यसरि हेर्दा बाग्लुङ्बासी धुलोबाट आजिद छन, यहाँ राम्रो,स्वच्छ खाना,राम्रोसंग हिंडडुल गर्न, र यहाँ सम्मकि धुलोकै कारणले गर्दा कतिपय ब्यबसयिको ब्यबसायमा समेत गम्भिर असर परेको छ, अझ काठमान्डौतिर त यही धुलोकै कारणले ब्यबसाय नै छोड्ने मनस्थितिमा समेत पुगेको हुन्छन, हुन त काठमान्डुको तुलनामा बाग्लुङ्मा निकै कम धुलो छ तैपनी बाग्लुङ्ग क्षेत्र सानो भएकोले पनि यस्लाई नियन्त्रण गर्न खासै असहज चाही हुंदैन, सरसफाइ हरेक ब्यक्तिको लागी चाहिन्छ, सरसफाइ बिनाको समाज कसरी स्वच्छ हुन सक्ला र सफा र सुन्दर समाजको परिकल्पना हामी सबैले गर्छौ तर पनि हाम्रो समाज सफा र सुन्दर हुन सकेको छैन, बजारको भन्दा पनि गाउंघरतिरको अवस्था त धुलोको कारणले अझै दयनिय छ, झन बाटोको छेवैमा हुने घरको अवस्था त निकै खतम नै हुने गर्छ, गाउघरतिर बाटो पिच पनि भएको हुंदैन,यस्ले गर्दा बाटोमा धुलोको मात्रा एकदमै धेरै हुने गर्छ र गाडी हिंड्दा त्यो धुलो उडेर अन्तत घरलाई नै ढाक्ने गर्छ,बिहुं,गलकोट,बलेवा,भिमपोखरा,मालिका जस्ता बाटोको छेवैमा रहेका घरलाई हेरेर पनि सहजै अनुमान लगाउन सकिन्छ कि ति घरका सदस्यहरु धुलोबाट कती सम्म आजित परेका छन होला, के तीनिहरुको स्वास्थ्य अवस्था ठिक होला त, के उनिहरुको जिबन यापन सहज होला त मात्र धुलोको कारणले गर्दा, तीनिहरुले कतिसम्म सास्ती भोगिरहेका होलान त्यो कुरा त्यो बाटोमा हिंड्ने हरेक ब्यक्तिले सहजै अनुमान लगाउन सक्छन,तसर्थ धुलोको प्रभावबाट कोही पनि अछुतो छैनन भन्दा सही होला,दिनहुं बिरामिको चाप बढीरहनुको प्रमुख कारण यो पनि रहेको हुन सक्छ ।
हो अब यो समस्या त छ तर यो समस्यालाई समाधान कसरी गर्ने, अनि कस्ले गर्ने हो तनी ? के सधैं धुलाम्य बातावरणमै हामिले आफ्नो जिबन गुजार्नुपर्ने हो त ? के हामी धुलोको शिकारले गर्दा अझै रोगहरु निम्त्याएर बस्ने हो त ? खासमा यस्को निराकरण कसरी र कस्ले गर्ने भन्ने प्रश्न पनि उब्जिन सक्छ,हो हामिले सुनेका थियौं स्थानिय चुनाबमा काठमान्डौं शहर लाई १०० दिनमा धुलोमुक्त शहर बनाइनेछ भनेर अहिलेका मेयर बिद्या सुन्दर शाक्यले आफ्नो घोषणापत्रमा राखेका थिय तर त्यस्को १०० दिन्मा उन्ले उक्त बाचा पुरा गर्न सकेनन्,निकै समयपछी अहिले धुलो ब्यबस्थापनलाई केहि चासो दिएर काम गर्न लागेको जस्तो देखिन्छ यसरि हेर्दा यस्मा सरोकारवाला निकायको नै कमजोरी देखिन्छन, उनिहरुले चाहेको खन्डमा चाहिं यस्को निराकरण केहि समयमा नै गर्न सक्छन्,त्यसैले अब बाग्लुङ्को धुलो नियन्त्रण तथा वातावरण सफा बनाउने जिम्मेवार निकाय पक्कै पनि नगरपालिका,गाउंपालिका र सम्बन्धित वार्ड कार्यालय पनि हुन्छ, हामिले नगरपालिका गाउंपालिका तिर्ने करले हाम्रै वरपरको बिकास हुनुपर्छ,सामाजिक,वातावरणिय तथा भौतिक बिकाश हुनुपर्छ, यसो भन्दै गर्दा वातावरणलाई सफा राख्ने हाम्रो कुनै जिम्मेवारी हुंदैन भन्ने पनि हैन त्यहाँ बसोबास गर्ने आम नागरिक पनि त्यत्तिकै जिम्मेवारी हुने गर्छन्,त्यहाँका बासिन्दा यसर्थमा जिम्मेवारी कि वरपर सरसफाइ राख्ने दायित्व हामी आम जनताको पनि हो,अरुलाई दोश थुपारेर आंफु आफ्नो जिम्मेवारिबाट पन्छिनु पनि असल नागरिकको पहिचान होईन,र हाम्रो यो दायित्व पनि हो कि, आफ्ना जनप्रतीनिधिहरुले आफ्नो क्षेत्रको बिकासको लागी कत्तिको चासो दिएका छन ? यदी छैनन भने हामिले उनिहरुलाई झकझक्याउन पनि सक्नुपर्छ,बाग्लुङ बजारको परिबेशको कुरा गर्दा भने बाग्लुङ्गको सरसफाइलाई सरोकारवाला निकायले कत्तिको ध्यान दिएका छन त ? यो धुलो, धुवां र यस्ले गर्दा पारेको प्रत्यक्ष र अप्रत्यक्ष असरलाई कम गर्न,नियन्त्रण गर्न कस्को कस्तो ठाउंबाट कस्तो कस्तो पहल भएको होला त ? किन अझै यस्मा सरोकारवालाहरुको ध्यान पुग्न नसकेको होला त भनेर हामिले केहि सरोकारवालाहरुसंग कुरा गरेका थियौ, अब त्यतै लागौं ः
बागलुङ्गको फोहोर ब्यबस्थापनको जिम्मेवारी पाएको धौलागिरी फोहोर ब्यबस्थापन तथा वातावरण संरक्षण सहकारी संस्था लिमिटेड बाग्लुङ्गका अध्यक्ष सुधिर श्रेष्ठ ःबास्तबमै बाग्लुङमा फोहोर ब्यबस्थापन गर्न त्यती सारो गाह्रो नै त हैन तर सम्बन्धित निकायको चासो अझ प्रबल हुने हो भने वातावरण ब्यबस्थापन गर्न निकै सहज छ,बातावरण सफा भयो भने धुलो यत्तिकै कम भैहाल्छ,हामिले बिगत केहि समयदेखी बाग्लुङ्गको सरसफाइको काममा निरन्तर अग्रसर भएका छौं तर नगरपालिका लगायत सरोकारवाला निकायले त्यती ध्यान नदिएको हुनाले हामीले सोचेजस्तो योजना अनुरुप काम गर्न सकेका छैनौं,यदी हामिलाई नगरपालिकाले पुर्ण सहयोग गर्ने हो भने मात्र हामिले अबको दुइ बर्षमा बाग्लुङ्लाई सफा स्वस्छ बनाउने प्रण गर्दछौं,धुलो र फोहोरले बातावरण अनि मानब स्वास्थ्यमा पारेको असर बारे हामी निकै चनाखो छौं,र हामिले सकेसम्म राम्रो गर्ने कोसिस चाहिं गरेका छौं,मात्र हामिलाई उचित प्रबन्ध गरिनुपर्यो,तर यस्मा सरोकावाला निकायको मात्र दोष लगाउन पनि मिल्दैन,यहाँका जनतामा पनि त्यत्तिकै जिम्मेवारी बोध हुन जरुरी छ ।
बाग्लुङ नगरपालिकाका नगर प्रमुख जनक पौडेल – बाग्लुङ्मा खासमा धुलोको मात्रा कती छ त्यस्को बैज्ञानिक पुस्टी त छैन तर बाग्लुङ्मा धुलो त पक्कै पनि छ,धुलो आउने प्रमुख कारण भनेको मध्यपहाडी लोकमार्गबाट,सुलडांडाबाट,कालिगन्डकी कारीडोरबाट धुलाम्य सबारी प्रबेश गर्दा त्यस्ले संगै लिएर आउने धुलो, समन्वयको अभावमा खानेपानी कार्यालयले पाइप बिछ्छ्याउंदा र मर्मत गर्दा खनिएका खाल्डा नपुर्दा त्यस्बाट आउने धुलो,नगरबासिले धुलोजन्य काम गर्दा त्यस्लाई ब्यबस्थित नगर्दा र सरसफाइको कमिको कारणले नै हो, यस्को लागी बाग्लुङ्मा धुलो छिर्ने श्रोत मध्यपहाडी लोकमार्ग छिटो पिच हुनुपर्छ,त्यो हाम्रो कार्यगत जिम्मेवारी नभएकोले सडक बिभागले जती सक्दो छिटो गर्यो त्यती नै चांडो केहि हदसम्म धुलो कम हुने थियो र धुलो कम गर्नको लागी हामिले खानेपानिको कार्यालयसंग समन्वय गरी बिग्रेका,खाल्डाखुल्डी परेका सडकको मर्मत गरिनेछ, सडकको मर्मतको निम्ती भनेर नै ५ करोड बजेट छुट्याइएको छ,अबको २ बर्ष भित्र सम्पुर्ण सडक मर्मत तथा कालोपत्रे नभएको ठाउंमा कालोपत्रे गरेर धुलोलाई नियन्त्रण गरिनेछ, फोहोर तथा धुलो नियन्त्रणको लागि भनेर नै केहि समय अगाडी मात्र बाग्लुङ बजारबाट १५० ट्याक्टर फोहोर उठाएर फालिएको थियो, अहिले सम्पुर्ण पानी नालिबाट नै बग्ने ब्यबस्था गरेका छौं,अबको बर्षबाट कुनै पनि हालतमा नालिको पानी बाहिर आउंदैन,जस्ले गर्दा नालिको फोहोर बाहिर आएर सुकेपछी धुलो हुने सम्भावना रहंदैन अब, त्यस्तै यो कुरा पनि टिपोट गर्नुस कि “हामिले बाग्लुङ्गको फोहोरलाई उर्जाको रुपमा बिकाश गर्नको निमित्त भनेर बैकल्पिक उर्जा प्रबर्दन केन्द्र संग नैतिक सहमती भएको छ,अनुसन्धान पस्चात त्यो काम्को पनि सुरु हुनेछ,र बाग्लुङको फोहोरलाई सदुपयोग गरी यस्बाट अन्य उर्जाको बिकास गरिनेछ जस्ले गर्दा फोहोरको उचित ब्यबस्थापन संगै वातावरण पनि सफा रहनेछ ।” ”फोहोर उठाउने जिम्मा पाएको र वातावरण सफा गर्ने अभियानमा लागेको धौलागिरी फोहोर ब्यबस्थापन सहकारिले नगरपालिकाले यथेस्ट सहयोग गरिरहेको भन्ने गुनासो छ नि त” भन्ने प्रश्नमा उहां भन्नुहुन्छ “हैन हैन हामीले एक्दमै भरपुरले सहकार्य गरिरहेका छौं,यद्दपी आगामी दिनमा पनि उहांहरुलाई सहयोग गरिरहन्छौं ।”
यसरि हेर्दा सरोकारवाला निकायहरुलाई यस बिषयमा जानकारी पनि छ र मौखिक रुपमा समाधानको पहल गरेजस्तो बुझिएपनी ब्यबहारिकताको पाटोमा भने फितलो भएको देखिन्छ, त्यस्तै उहांहरुको कुराले सम्बन्धित निकायबिच त्यती राम्रो आपसी समन्वय हुन नसक्दा र कसैको “भैहल्छ नि” भन्ने जबाफ, त कसैको आबस्यक सहयोग नपाइएको गुनासोले गर्दा नै वातावरण स्वस्थ हुन नसकेको भन्ने पनि बुझ्न सकिन्छ, नत्र यदी साचिकै सम्बन्धित निकायको ध्यान ब्यबहारिकताका साथ पुगेकै हुन्थ्यो भने यो समस्या समाधानमा यत्रो समय लाग्ने पनि होइन किनकी यदी इक्षा र तत्परता हुने हो भने यो त्यती ठुलो समस्या पनि हैन । हरेक दिन हरेक समय यो धुलोले जिबनयापन गर्न असहज भैरहेको अवस्थामा यस्को लागी चांडो भन्दा चांडो सबैको ध्यान जान जरुरी छ,किनकी यहाँ ति आम सरोकारवाला निकायकै बसोबास पनि छ,उहांहरुको स्वास्थ्यमाथी पनि त प्रभाव परिरहेकै छ,आशा छ यो रिपोर्टले अझ झक्झक्याउने छ उहांहरुलाई,र सिघ्र हाम्रो बाग्लुङको कुरुपताको कारण धुलोको समाधान हुंदै जानेछ,जस्ले गर्दा एक सुन्दर बाग्लुङ्लाई धुलोमुक्त शहर हेर्न पाइनेछ यही चोलामा,धुलोमुक्त हुनु भनेको बाग्लुङ बजारको स्वरुप फेरिनु र हाम्रो स्वास्थ्यमा सुधार हुने मात्र हैन यस्ले गर्दा पर्यटकको संख्या पनि बढ्ने छ,सफा स्वच्छ हाम्रो बाग्लुङ्ले सबैको मन जित्नेछ र आन्तरिक बाह्य पर्यटक बढ्नु भनेको आखिर हाम्रै बजार गाउंको सुधार हुनु नै हो ।
यो सब चर्चा परिचर्चासंगै अब अन्तमा आखिर यो सम्भब होला र ? के सांच्चिकै धुलोमुक्त शहर बनाउन सम्भब होला भन्ने? प्रश्न पनि उठ्न सक्छ, हो सम्भव छ तर मात्र यत्ती हो कि यस्मा सरोकारवालाले बिशेष प्राथमिकतामा राख्नुपर्यो र हामी जनता पनि एकदमै जिम्मेवारिका साथ असल नागरिकको कर्तब्य निभाउन सकियो भने यो सब सम्भब छ, हामिले समस्या मात्र देखाएर पन्छिनु हुंदैन तसर्थ मेरो केहि अध्ययन र अनुसन्धानले निकालेका केहि समाधानका उपायबारेमा पनि लेख्न चाहन्छु ः
कुनै पनी चिजको समाधान गर्नुपुर्ब त्यो समस्याको जड पत्ता लगाउन जरुरी हुन्छ, बाग्लुङ्मा बिशेषगरी धुलो उड्ने भनेको सवारी आवागमनबाटै हुन्छ,केहि सडकको अवस्थाले पनि हुन्छ,केहि हाम्रो लापरबाहिले पनि हुन्छ,केहि सरोकारवाला निकायको मौनताले पनि हुन्छ, सर्बप्रथम त बिशेष रुपमा सडकको अवस्थालाई ध्यान पुर्याउन जरुरी देखिन्छ, बाटो पिच नभएको ठाउंमा पिच गर्ने, खाल्डा खुल्डी भएका सडक पुर्ने, सडकको मर्मत सम्भार गरिरहने,नाली ब्यबस्थित गर्ने, जस्ले गर्दा नालिको फोहोर बाटोमा आउन नपाओस्,बर्षाको बेला भेल र बाढिले सडकमै माटो थुपारिदिन्छ र त्यो माटो सुकेपछी नै धुलो भएर उड्छ त्यसैले त्यस्ता भेल बाढिलाई नालिमै बग्ने ब्यबस्था गरिदिनुपर्छ,यदी बाटोमा पसेको खन्डमा यथासिघ्र त्यो माटो सफा गरिहाल्नुपर्छ । कम्तिमा दिनको दुइपटक बागलुङ्बजार सडकमा पानी छेप्दिने ब्यबस्था गर्नुपर्छ जस्ले गर्दा केहि मात्राको धुलो पनि उड्न पाउनेछैन, त्यस्तै सवारी चालकले आफ्नो सवारी चलाउंदा सिमित गतिमा चलाउनुपर्छ, अधिकांश धुलो उड्ने प्रमुख कारण सबारी नै हो, यदी सबारी सुस्त गतिमा चल्यो भने केहि कम धुलो उड्छ त्यसैले सवारिको गतिमा बिशेष ध्यान पुर्याउन जरुरी देखिन्छ । त्यस्तै जथाभावी पैदल यात्रुले फाल्ने फोहोरले पनि फोहोर उत्पन्न हुन्छ र त्यस्ले वातावरणमा प्रतिकुल प्रभाव पार्ने हुनाले कम्तिमा पनि १०० मिटरको फरकमा हरेक सडकमा फोहोर फाल्ने डस्बिनको ब्यबस्था गरिनुपर्छ,र त्यस्को उचित रेखदेख गर्न त्यही वरपर रहेका पसले,घरवालाले गर्न जरुरी छ,यस्मा आमकजनता पनि जिम्मेवारी हुनुपर्छ,घरको फोहोर घरमै राख्ने त्यहाँ मात्र पैदल यात्रुको फोहोर जम्मा हुने ठाउं बनाइनुपर्छ र त्यस्लाई फोहोरको गाडिमा नियमित रुपमा फालिनुपर्छ।
त्यस्तै धुलो,फोहोर सबारी साधनलाई प्रबेश नाकामा नै वासिङ सेन्टर राखेर सफा गरेर मात्र बजार प्रबेश गराउनुपर्छ,बाग्लुङ बजारको प्रमुख नाकाहरु,उपल्लाचौर्,रामरेखा र देउराली चोकमा एउटा वासिङ सेन्टर स्थापना गरेर फोहोर गाडीलाई सफा नगरेसम्म प्रबेश अनुमती रोक्नुपर्छ ।त्यस्तै बागलुङ बजारमा घर भएका तथा ब्यबसाय गरेर बस्ने हरेक ब्यबसायिले आफ्नो आफ्नो अगाडी हरेक दिन अनिबार्य रुपमै सफा गर्ने गर्नुपर्छ,यदी कुनै धुलोजन्य सामनहरु सडकमा थुपार्नुपर्यो भने त्यस्को सरसफाइको जिम्मा आंफै लिनुपर्छ,निर्माण सामग्रिहरुलाई जथाभावी फालिनुहुंदैन,स्वयं धनीले त्यस्को उचित ब्यबस्था गरेर सडकमा कुनै बाधा नपर्ने गरी ब्यबस्था गर्नुपर्छ,यदी धुलोजन्य कार्यहरु गर्नुपर्यो भने त्यस्को उचित ब्यबस्थापनसहित गर्नुपर्छ, र अन्तमा यस्ता कुराहरु र अझै थुप्रै बिशयको बारेमा जनतालाई उचित शिक्षा र चेतना जगाउनुपर्छ र यदी जनस्तरबाट तोकिएका कामहरु भएनन भने,नियमको उचित पालना भएन भने जरिवानाको ब्यबस्था पनि गर्न सकिन्छ जस्तैः फोहोर गाडी बजारमा प्रबेश गरेमा, सिमित गतिभन्दा तिब्र गतिमा सबारी हांकेमा, सडकमा जथाभाबी फोहोर फालेमा, आफ्नो अगाडी सफा नगरेमा, स्वस्छ राख्ने अभियानमा कोही कसैले त्यो नियम नमानेमा जस्ले गर्दा नियम मान्न बाध्य हुनेछन र उक्त संकलीत जरिवानाको रकमलाई पुन त्यही कार्यमै खर्च गरिनुपर्छ ।
समग्रमा हेर्दा जहाँसम्म लाग्छ समस्या भएतापनी सम्बन्धित निकाय,जनता,पैदल यात्रु,ब्यबसायी तथा आफ्नो आफ्नो ठाउंमा सबै जिम्मेवारिपुर्वक लागियो भने के गाउं ? के शहर ? हरेक क्षेत्रको वातावरण सफा स्वच्छ र सुन्दर बनाउन सकिन्छ,मात्र हामिमा त्यो धारणाको बिकाश हुनुपर्यो,त्यो जोश जांगर र तत्परता देखाउन सक्नुपर्यो ।










