
बागलुङ, ६ पुस
बागलुङ जिल्लाको काठेखोला गाउँपालिका २ भीमापोखराको वर्णन गरिएको सालैजो गीत ‘सम्झना गाँउ घरको’ सार्वजनिक भएको छ ।
भीमापोखरामा जन्मिएका लोक दोहोरी गायक केपि कुमार जलनले आफ्नो जन्म गाउँको मायाले सवै सामु भीमापोखरा चिनाउनुपर्ने र पर्यटकीय गाउँ बनउने उद्देश्यले उक्त सालैजो गीत बजारमा ल्याएको बताएका छन् ।
गीतमा भीमापोखराको पर्यटकीय तथा सांस्कृतिक र प्राकृतिक बस्तुहरुको गीत मार्फत वर्णन गरिएको छभने भीमापोखराको उत्कृष्ट पर्यटकीय क्षेत्रको र गाउँको दृश्यमा छायांकन गरिएको छ ।
गीतमा केपि कुमार जलनको लय, स्वर रहेको उक्त गीतमा चर्चित गायिका जुना श्रीसले उनलाई साथ दिएकी छिन् । गीतकाृ संगित ईश्वर सिंहले तयार पारेका हुन ।
जन्मिएकी नवमोडल प्रतिमा थापा र संजिव ठकुरीले मेर्डलिङ गरेको उक्त गीतको निर्देशन कुमार केसी र सायांकन अजय रेग्मीले गरेका छन् । गीतलाई हमाल म्युजिकले बजारमा ल्याएको हो ।
भिडियो










