
आज २०७४ साल पौष ५ गते बुधवार,
तदअनुसार डिसेम्बर २०, २०१७
– ज्यो.प. नारायणप्रसाद दुलाल
तपाइको आज
मेष : आफन्तको सहयोग प्राप्त हुनेछ । कार्यमा सफलता पाइएला । वस्त्र लाभ हुनेछ । मनमा शान्ति छाउनेछ ।
बृष : ठुला व्यक्तिले तपाइको मेहनतको प्रसंसा गर्नेछन् । आकस्मिक धन लाभ हुनेछ । मिष्ठान्न भोजन प्राप्त हुनेछ ।
मिथुन : मनोरञ्जनमा सहभागी भइएला । नयाँ कार्यको योजना बन्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।
कर्कट : यात्रामा सावधानी अपनाउनु पर्नेछ । पारिवारिक उल्झनमा परि आँटेको काम विग्रनेछ । आर्थिक सङ्कटमा परिएला ।
सिंह : जोश,जाँंगर र हिम्मत बढ्नेछ । अरुको मन जित्न सकिनेछ । उपहार पाइने सम्भावनाछ ।
कन्या : प्रेममा विवाद आउला । आर्थिक कारोवारमा मन्दी आउनेछ । महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला ।
तुला : बित्तिय संस्था बाट सहयोग पाईनेछ । लाभदायक यात्रा होला । शुभ समाचार सुन्न पाइएला ।
वृश्चिक : स्वास्थ्यमा समस्या आउला । अनावश्यक धन खर्च हुनेछ । सामान हराउने वा नष्ट हुन सक्नेछ ।
धनु : चुनौतीको सामना गर्नुपर्ला । मुद्दामामिला र दैनिक काममा चुनौतीको सामना गर्नुपर्छ । कष्टकर यात्रा गर्नुपर्ला ।
मकर : शिक्षामा सफलता मिल्नेछ । जोश जाँगर र हिम्मत वढ्नेछ । गरेको कार्यमा सफलता मिल्नेछ ।
कुम्भ : राजनैतिक कार्यमा सफलता मिल्नेछ । प्रेमीको सहयोग पाईनेछ । स्वादिष्ट भोजन पाईनेछ ।
मीन : राजनैतिक कार्यमा बाधा आउनेछ । प्रेममा विवाद आउला । आर्थिक कारोवारमा मन्दी आउनेछ ।










