साप्ताहिक राशिफल पौष १ देखि ७ गतेसम्म

आज २०७४ साल पौष १ गते शनिवार,
तदअनुसार डिसेम्बर १६, २०१७
– ज्यो.प. नारायणप्रसाद दुलाल
(साप्ताहिक राशिफल पौष १ देखि ७ गतेसम्म)
मेष: मेष शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । कुटुम्बको सहयोग मिल्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । घरजग्गाको काम बन्नेछ । कूतनीतिक नियोगको सहयोग मिल्ला । नयाँ कार्यको योजना बन्नेछ । यो साताका लागि शुभअङ्क ४ र शुभरङ्ग घिउरङ्क हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भैरवजीको ध्यान गरी कार्य आरम्भ गर्दा शुभफल प्राप्त हुनेछ ।

वृष: साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । जोश जाँगर र हिम्मत वढ्नेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । बैदेशिक कार्य अघि बढ्नेछ । वाक्चतु¥र्याईँले सङ्कल्प सिद्घ हुनेछ । मध्य साता बाट समय प्रतिकुल भई कुलतमा मन जानेछ । पैतृकसम्पत्तिमा विवाद बढ्नेछ । यो साताका लागि शुभअङ्क ९ र शुभ रङ्ग पहेंलो हो । कुनै शुभकर्म गर्नु पूर्व मृत्युञ्जयाय भगवानको ध्यान गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मिथुन: सौन्दर्यतामा धन खर्च हुनेछ । अधिकार प्रातिका लागि संघर्श गर्नु पर्ला । मन खिन्न हुने स्थिति आउनेछ । घरपरिवार बाट टाढिनुपर्ने हुनसक्छ । साताको अन्त्यबाट बित्तिय संस्था बाट सहयोग पाईनेछ । बैदेशिक क्षेत्र बाट सफलता मिल्नेछ । यो साताका लागि शुभअङ्क ३,८ र शुभरङ्ग हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि वरुण भगवानको ध्यान गरी गर्नाले सफलता हात पर्नेछ ।

कर्कट: अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । राजननितक कार्यमा सफलता मिल्नेछ । दैनिक कार्यमा प्रगती हुनेछ । नयाँ काम वा रोजगारको अवसर मिल्नेछ । बाहन सुख मिल्नेछ । मनोरञ्जनमा सहभागीता भइएला । यो साताका लागि शुभअङ्क ६,९ र शुभरङ्ग वैजनी वा पहेंलो हो । शुभकर्म गर्नु पूर्व भगवतीको दर्शनगरी आरम्भ गर्दा सफलता मिल्नेछ ।

सिंह: यो सातामा मनोरञ्जन र रोमाञ्चक यात्रा हुनेछ । राजनीति अधिकारमा सफलता मिल्नेछ । पारिवारिक सद्भाव बढ्नेछ । साताको उत्तरार्धबाट बैदेशिक क्षेत्र कमजोर रहला । दुष्ट व्यक्तिको संगतले आत्मघाती काम गर्न पुगिएला । यो साताका लागि शुभअङ्क १,६ र शुभरङ्ग सुन्तला वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि महादेवको आरधना गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कन्या: धर्र्म तथा समाजसेवामा मन लाग्नेछ । आय आर्जनमा सुधार आउनेछ । सामाजिक,धार्मिक कार्यमा रुचि बढ्नेछ । मध्य साता बाट प्रेममा मनमुटाव रहला । महत्वपूर्ण अवसर गुम्न सक्नेछ । सौन्दर्यतामा धन खर्च हुनेछ । घर व्यवहारको समस्याले सताउनेछ । यो साताका लागि शुभअङ्क ५,९ र शुभरङ्ग कलेजी हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको आरधना गरी यात्रा गर्नाले सफलता मिल्नेछ ।

तुला: अनावश्यक ठाउँमा धन खर्च हुनेछ । महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । लगनशीलताको कमिले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला । बुधवार बाट नयाँ काम वा रोजगार पाईनेछ । साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला । यो साताका लागि शुभअङ्क ५,८ र शुभरङ्ग सुन्तला हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आफ्नो इष्टदेवताको स्मरण गर्नाले अधिक सफलता मिल्नेछ ।

वृश्चिक: धर्म कर्म,परोपकार,समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । बित्तिय संस्था बाट सहयोग पाईनेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । सन्तान सुख मिल्नेछ । राजननितक कार्यमा सफलता मिल्नेछ । यो साताका लागि शुभअङ्क ४,७ र शुभरङ्ग गाढा पहेंलो वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णु भगवानको दर्शनगरी आरम्भ गर्दा लाभ मिल्नेछ ।

धनु: श्रमदान गर्ने अवसर मिल्नेछ । कला र गलाको प्रभाव बढ्नेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । रमणीय र सुखद यात्राको योग छ । मनोरञ्जनमा सहभागीता भइएला । धर्म,कर्म तथा समाजसेवामा मनलाग्नेछ । सवारी साधनको खरिद बिक्री हुनेछ । यो साताका लागि शुभअङ्क ४,५ र शुभरङ्ग सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व विघ्नहर्ता गणेशजीको पूजा अर्चना गरि गरेको लगानी बाट सफलता मिल्नेछ ।

मकर: सांगितीक क्षेत्रमा रुची बढ्नेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । शुभकार्यको चर्चा चल्नेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ । मध्य साता बाट आफ्नो अधिकार प्रातिका लागि संघर्श गर्नु पर्ला । यात्रामा सावधानी अपनाउनु पर्नेछ । यो साताका लागि शुभअङ्क ५,९ र शुभरङ्ग नीलो वा पहेंलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि सिद्धि विनायकको ध्यान गरी आरम्भ गर्दा अत्यन्त लाभ प्राप्त हुनेछ ।

कुम्भ: सहकर्मी बाट विरोध आउला । सवारी साधनबाट नोक्सानी बेहोर्नु पर्नेछ । मनोरञ्जनमा लाग्दा अवसर गुम्न सक्नेछ । झुटा आरोप आईपर्दा समस्या खेप्नुपर्नेछ । बुधवार बाट बन्धु बान्धव बाट सहयोग मिल्नेछ । सांगितीक क्षेत्रमा रुची बढ्नेछ । यो साताका लागि शुभअङ्क ५ र शुभ रङ्ग रातो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि देवीको स्मरणगरी यात्रा गर्दा सफलता प्राप्त हुनेछ ।

मीन: मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । प्रेममा मधुरता पाइएला । रोकिएको धन हाता पर्नेछ । वाहान लाभ हुने समय छ । मनोरञ्जनमा सहभागीता भइएला । साताको उत्तरार्धबाट महत्वपूर्ण अवसर गुम्न सक्नेछ । गलत निर्णय लिनपुगिएला सचेत रहनुहोला । यो साताका लागि शुभअङ्क ३,५ र शुभरङ्ग हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि बगलामुखीको ध्यान गरी आरम्भ गर्दा अत्यन्त लाभ प्राप्त हुनेछ ।