
आज २०७४ साल मंसिर २९ गते शुक्रवार,
तदअनुसार डिसेम्बर १५, २०१७
– ज्यो.प. नारायणप्रसाद दुलाल
तपाइको आज
मेष : आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला । सन्तानबाट सहयोग मिल्नेछ । कुटुम्बको सहयोग मिल्नेछ ।
बृष : घर व्यवहारमा फितलो आउन सक्नेछ । कार्य सम्पादनमा समस्या आउला । प्रयत्न गरे फाइदा लिन सकिनेछ ।
मिथुन : धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन् । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । व्यापार व्यसायबाट लाभ मिल्नेछ ।
कर्कट : सरकारी निकाएको भय रहला । साना–तिना समस्यामा अल्झिनुपर्नेछ । सौन्दर्यतामा धन खर्च हुनेछ ।
सिंह : कार्य सम्पादनमा सहजता मिल्नेछ । नजिकका व्यक्तिबाट कार्यमा बाधा आउनेछ । कार्य अधुरै हुनेछ ।
कन्या : महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । सामान हराउने वा चोरी हुने भयछ । स्वास्थ्यमा खरावी आउला ।
तुला : दैनिक कार्यमा प्रगती हुनेछ । श्रमको उचित मुल्याङन हुनेछ । पशुपालन बाट सफलता पाईनेछ ।
वृश्चिक : धर्म,कर्म तथा समाजसेवामा मनलाग्नेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । साथीभाईसंग समय बित्नेछ ।
धनु : महिला वा मित्र बाट विशेष सहयोग मिल्नेछ । बैदेशिक कार्य अघी बढ्नेछ । बिश्वास गरेकाले साथ दिनेछन् ।
मकर : भौतिक साधन जुटाउने समय छ । विद्या र बुद्धिके विकास हुनेछ । बित्तिय संस्था बाट सहयोग पाईनेछ ।
कुम्भ : बैदेशिक कार्य अघि बढ्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । न्यायिक कार्यमा सफलता पाईनेछ ।
मीन : नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । शुभकायको चर्चा चल्नेछ ।










