
आज २०७४ साल मंसिर २८ गते बिहिवार,
तदअनुसार डिसेम्बर १४, २०१७
– ज्यो.प. नारायणप्रसाद दुलाल
तपाइको आज
मेष : दाम, इनाम र प्रतिष्ठा कमाउने बेलाछ । बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कार्य सम्पादन हुनेछ ।
बृष : यात्रामा सावधानी अपनाउनु पर्नेछ । प्रेममा मनमुटावका साथै मन कमजोर रहला । मनमा सङ्का उत्पन्न हुनेछ ।
मिथुन : बैदेशिक कार्य अघी बढ्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । सांगितीक क्षेत्रमा रुची बढ्नेछ ।
कर्कट : प्रेमी/प्रेमिकाका बिच खिन्नता बढ्नेछ । चुनौतीको सामना गरी गलत निर्णय लिनपुगिएला सचेत रहनुहोला ।
सिंह : धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । आत्मिक सन्तुस्टि मिल्नेछ । आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ ।
कन्या : बैदेशिक क्षेत्र कमजोर हुनेछ । अनावश्यक धन खर्च भई मानसिक चिन्ता वढ्नेछ । फलदायी यात्रा नरहला ।
तुला : साथीभाइबाट हौसला प्राप्त हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । शुभकार्यको चर्चा चल्नेछ ।
वृश्चिक : नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । कला र गलाको प्रभाव बढ्नेछ । मनोरञ्जनमा सहभागीता भइएला ।
धनु : आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । नयाँ अलंकारको प्राप्ति हुनेछ । अरुको मन जित्न सकिनेछ ।
मकर : इनाम र प्रतिष्ठा कमाउने बेलाछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । विद्या र बुद्धिको विकास हुनेछ ।
कुम्भ : श्रमको उचित मुल्याङ्कन हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । बोलीको प्रभाव पनि बढ्नेछ ।
मीन : ठीक समयमा सही निर्णय लिन सकिनेछ । पारिवारिक सद्भाव बढ्नेछ । नयाँ व्यक्ति संग भेटघाट हुने समय छ ।










