आज २०७४ मंसिर २६ गते मंगलवारको राशिफल

आज २०७४ साल मंसिर २६ गते मंगलवार,
तदअनुसार डिसेम्बर १२, २०१७
– ज्यो.प. नारायणप्रसाद दुलाल
तपाइको आज
मेष : मन खिन्न हुने स्थिति आउनेछ । अनावश्यक धन खर्च भई मानसिक चिन्ता बढ्नेछ । आफन्त विच मनमुटाव होला ।
बृष : बैदेशिक क्षेत्रको लगानी लाभदायक हुनेछ । शुभ समाचार सुन्न पाईएला । प्यारो साथी संग भेट हुनेछ ।
मिथुन : व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । महत्वपूर्ण अवसर गुम्न सक्नेछ । अधिकार प्रातिका लागि संघर्श गर्नु पर्ला ।
कर्कट : आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । कार्य शिद्धिको योग छ । सहयोग भाव आउला ।
सिंह : स्वस्थ्य सम्बन्धी चिन्ता बढ्नेछ । नजिकका व्यक्तिबाट कार्यमा बाधा आउला । राजनैतिक विवाद बढ्नेछ ।
कन्या : अचल सम्पत्तिको कारोवार हुनेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ ।
तुला : धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन् । जोश जाँगर र हिम्मत बढ्ला । अनुहारमा कान्ति र मनमा शान्ति छाउला ।
वृश्चिक : विज्ञान प्रविधीको सहयोगले फस्टाउनेछ । विशिष्ट व्यक्तिको सहयोग मिल्नेछ । पार्टनरमा सफलता मिल्नेछ ।
धनु : नयाँ कार्यको थालनी हुनेछ । मान प्रतिष्ठामा बृद्धि होला । अधुरो काम बन्नेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ ।
मकर : चिन्ता छाडेर चिन्तन गर्ने समयछ । स्वास्थ्य विग्रने छ । शुभ असुभ समाचार सुनिएला । मध्यम खाले दिन छ ।
कुम्भ : अचल सम्पत्ती हात पर्ने योगछ । व्यापार व्यवसायमा फाईदा होला, समाजिक कार्यमा मन जाला । पराक्रम बढ्नेछ ।
मीन : विशिष्ट व्यत्तिको भेटघाटले मन प्रसन्न हुनेछ । उपहार पाप्त होला । शुभ समाचार सुन्नमा आउला ।