बागलुङ प्रतिनिधिसभा १ मा एमालेका पाठकले २२०७ मतको अग्रता लिए

बागलुङ, २२ मंसिर
बागलुङको प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा नेकपा एमालेका सुर्य प्रसाद पाठकले आफ्नो अग्रतालाई बढाएका छन् ।
पाठकले विहान ७ बजेसम्मको मतगणनाअनुसार २२०७ मतले अग्रता लिएका छन् ।
नेकपा एमालेका सुर्य प्रसाद पाठकले ८१५१ मत प्राप्त गरेका छन्भने नेपाली काँग्रेसका चम्पादेवी खड्काले ५९४४ मत प्राप्त गरेकी छिन्
। यस्तै नेकपा मालेका निर बहादुर क्षेत्रीले ६४, नयाँ शक्ति पार्टी नेपालका कृष्ण प्रसाद शर्माले ५५, संघीय समाजवादी फोरम नेपालका महेन्द्र जिसीले २० र एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)का सुमन जंग राजभण्डारीले १६ मत प्राप्त गरेका छन् ।
मतगणना जारी रहेको छ ।