बागलुङ, २१ मंसिर
पहिलो चरण अन्तरगत मंसिर १० गते निर्वाचन सम्पन्न भएको बागलुङमा ४५ जिल्लामा आज दोस्रो चरणको निर्वाचन सम्पन्न भएपछि अहिले मतगणना भईरहेको छ ।
बागलुङमा साँझ ५ बजेदेखि मतगणना सुरुवात गर्ने तयारी गरियता पनि क्षेत्र नम्बर १ का केहि स्थानमा बामगठबन्धनले बुध कब्जा गरेको आरोपमा नेपाली काँग्रेसले निर्वाचन सम्पन्न भएको ३ दिनपछि मुद्धा हालेपछि त्यसको निर्णय नआएकाले मतगणना ढिलो हुन पुगेको थियो ।
साँझ ६ बजेदेखि उम्मेदवारहरुको बैठक बसेपछि मात्र निर्धारित समयको ३ घण्टा ढिलो गरी मतगणना सुरुवात गरिएको छ ।
अहिले जिल्ला समन्वय समितिको कार्यालय बागलुङको सभाहलमा कडा सुरक्षाका साथ मतगणना भइरहेको छ ।
मतगणनाको लागि जिल्ला समन्वय समितिको कार्यालयको अगाडीको सडकको दुवै पछि तारजालीले बन्द गरिएको छ । मत परिणामको जानकारी गराउनको लागि जिल्ला समन्वय समितिको कार्यालयको छतमा माईक जोडिएको छभने मतपरिणाम सुन्नको लागि सडकमा लगाइएको तारजालीको बार बाहिरै बस्नुपर्ने हुन्छ । सडकमा लगाइएको तारजालीसँगै म्यादी प्रहरी र नेपाल प्रहरी सुरक्षाको लागि खटाइएको छ ।
उम्मेदवार, एजेण्ड, कर्मचारी र पत्रकारको लागि पासको व्यवस्था गरिएको छ र मत गणना स्थलमा जानेहरुलाई मोबाइल फोन लान दिइएको छैन ।
जिल्ला समन्वय समितिको गेटमा, म्यादी प्रहरी, नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनालाई सुरक्षाको लागि खटाइएको छ भने त्यहाँ भित्र पस्ने उम्मेदवार, पार्टीका एजेण्ट, निर्वाचनका कर्मचारी र पत्रकारहरुलाई चेकजाँच पछि मात्र भित्र जान दिइएको छ ।
गेट देखि भित्र गएपछि जिल्ला समन्वय समितिको ढोकामा पनि सुरक्षाकर्मीहरुको निगरानी गराइएको छभने मतगणना भइरहेको चौथो तलामा बाहिर शसस्त्र र नेपाल प्रहरीले सुरक्षा दिएका छन्भने मतगणना भइरहेको सभाहलको ढोकामा नेपाल प्रहरी र म्यादी प्रहरीका सुरक्षाकर्मीहरु खटाइएको छ ।
मतगणना स्थलमा प्रवेशको लागि ढोकामा सुरक्षाकर्मीको चेकजाँच पछि मात्र प्रवेश गर्न दिइएको छ ।
मत गणना स्थलमा ८ वटा सीसीटीभी जडान गरिएको छभने मतगणना गर्नको लागि १०० जना कर्मचारीहरु खटाइएको छ । कर्मचारीहरुले तारजाली भित्र बसेर मतगणना गरिरहेका छन्भने उम्मेदवार र पार्टी तथा उम्मेदवारका एजेण्टहरुले तारजाली बाहिर बसेर हेरी रहेका छन् । मतगणना स्थलमा पनि नेपाल प्रहरीले सुरक्षा गरिरहेको छ ।
तस्विरः अर्जुन कार्की
अन्य तस्विरहरु